काठमाडौं । ४७औँ विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौं स्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) मा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी निकाय, संघ–संस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पर्यटक प्रहरीले नेपाल भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित, सहज र व्यवस्थित पर्यटन अनुभव प्रदान गर्न आफ्नो भूमिका निरन्तर प्रभावकारी बनाउँदै आएको जनाएको छ।
पर्यटकको सुरक्षा, आवश्यक सूचना तथा सहजीकरणमार्फत नेपाललाई सुरक्षित र पर्यटकमैत्री गन्तव्यका रूपमा विकास गर्न पर्यटक प्रहरी प्रतिबद्ध रहेको बताइएको छ।
**‘सुरक्षित, सहज र स्मरणीय पर्यटन’**लाई प्राथमिकतामा राख्दै पर्यटन क्षेत्रका सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा कार्यक्रममा जोड दिइएको थियो।