काठमाडौँ । साउदी अरबमा यमनको लडाकु समूह हुथीले लगातार हमला गरेपछि नेपाल वायुसेवा निगमले साउदी अरबका लागि हुने उडान रद्द गरेको छ। नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको सूचनाअनुसार कार्तिक ७ गतेका सबै उडान रद्द गरिएका छन्।

नेपालबाट दमाम जाने तथा दमामबाट नेपाल आउने उडान रद्द गरिएको हो। नयाँ उडान तालिकाबारे जानकारी लिन दमाम तथा नेपालस्थित कार्यालयमा सम्पर्क राख्न नेपाल वायुसेवा निगमले आग्रह गरेको छ।