धरानः प्रदेश १ को सबैभन्दा धेरै व्यवशायिक प्याकेज सञ्चालन गरेको सहर हो धरान । धरानमा आधुनिकता देखी मौलिकता दुवै देखिन्छ । यस्तै मौलिकता बोक्ने चौक हो धरान १८ को बुद्ध चौक ।

नाममा बुद्ध चौक भएपनि  प्रतिमा भने बुद्धको छैन । किरात सांस्कृतिक बिम्ब ‘वाबु’ अर्थात् ‘चिन्डो’को बिम्ब छ । यसको उद्घाटन २०७७ सावन १ गते प्राध्यापक डाक्टर टङ्क न्यौपानेले उद्घाटन गरेका थिए ।

प्रतिमाको निर्माण कलाकारहरू महेन्द्र राई र धिरज राईले गरेका थिए । 

साढे १४ फिट उचाइको प्रतिमा रहेको छ । जसमा बेसको उचाइ मात्रै  ५ फिट छ । धरान वडा नम्बर १८ र स्थानीयहरूको सहयोगमा प्रतिमा बनेको हो ।

चिन्डो किरात संस्कृतिमा जन्म देखी मृत्यु सम्म अनिवार्य प्रयोग हुने सांस्कृतिक बिम्ब भएको धरानका युवा नेता नवराज राई बताउँछन् ।