काठमाडौं । भृकुटीमण्डपस्थित पर्यटक प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) गणेश मोक्तानलाई बिदाइ गरेको छ।

पर्यटक प्रहरीमा १३ वर्षभन्दा बढी समय समर्पित भई सेवा गरेका मोक्तानको सम्मानमा कार्यालयले बिदाइ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा उहाँले संस्थाप्रति पुर्‍याउनुभएको योगदान, समर्पण, व्यावसायिकता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको प्रशंसा गरिएको थियो।

पर्यटक प्रहरी कार्यालयले मोक्तानको दीर्घ सेवाका लागि आभार व्यक्त गर्दै आगामी जिम्मेवारी तथा कार्यकालका लागि निरन्तर सफलता, सुख, खुशी र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।