इटहरी । चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ अन्तराष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ  ।

वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफुलहरू हात्तीहरूलाई सामुहिक रूपमा खुवाईएको थियो । उक्त अबसरमा हात्तीहरू लाई भेली चामलको खिर पाउरोटी उखु गाजर ड्राईगन फ्रुट केरा फर्सी खरभुजा लगाएतको परिकार खान दिईएको थियो ।0वनभोजमा सरकारी र निजि गरि ६० वटा हात्तीहरू सहभागी रहेका थिए । सधै जंगल गस्ती र पर्यटकलाई जगल सफारी गराउन व्यस्त रहने हात्तीहरू वनभोजमा रमाएका थिए । हात्ती दिवस तथा वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वार्डेन दिल बहादुर पुर्जा पुनले हात्ती कल्याणको लागि चितवन राष्ट्रिय निकुञ्जले काम गर्दै आएको बताउनु भयो । उहाले हात्तीको उचित व्यवस्थापन र कल्याणको लागि कसरी काम गर्न सकिन्छ भनेर लागि परेको बताउनु भयो । 

त्यस्तै युनाईटेट हात्ती सहकारी ससथाका अध्यक्ष दिपेन्द्र खतिवडाले पर्यटन व्यवसायको रूपमा हात्ती रहेकाले हात्ती बिनाका पर्यटन अपुरो हुने बताउनु भयो । उहाले पर्यटन व्यवसायीले नै हात्तीको संरक्षण गर्दै आएको बताउनु भयो ।  युनाईटेड हात्ती सहकारी सस्थाको आयोजनामा बिभन्न सामुदायी वनहरूको सहयोगमा हात्ती दिवस तथा हात्तीलाई वाभोज कार्यक्रमको आयोजना हुँदै आएको छ । यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ । नेपालमा करिब २५० देखि ४०० वटा वन्य हात्ती रहेको अनुमान छ भने करिब २०० वटा घरपालुवा हात्ती रहेको बताइन्छ ।