भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’मा स्थानीय लोकल रक्सि खाएर महोत्सव उद्घाटन गरिएको छ ।

सोमबारबाट भोजपुरको चखेवामा स्थानीय रैथाने परिकार, कृषी उत्पादनको प्रवद्र्धन, बजारिकरण र मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले कार्यक्रमका प्रमुख अतिथि भोजपुर जिल्लाको प्रदेश सभा सांसद तथा भोजपुर जिल्लाका अर्थ समिति संयोजक विनोद वान्तावाले  लोकल रक्सि खाएर महोत्सव उद्घाटन गर्नु भएको हो ।

महोत्सवमा रैथाने खानेकुराहरू २० वटा र कृषिका स्टलहरू रहेका छन् ।  यस अवधिमा मात्र खानपानमा सीमित नभई, स्थानीय उत्पादन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम विभिन्न पर्यटकीय गतिविधिहरू पनि सञ्चालन हुने छ । 

स्थानीय उत्पादनको बजार विस्तार गर्ने मात्र नभई, पर्यटकलाई यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदासँग परिचित गराउन सहयोग पुराउने,उदेश्य गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विवेक कुलुङले बताउनुभयो ।

महोत्सवले स्थानीयको रैथान खानाको प्रवर्दन साथै पर्यटन प्रवर्दनमा सहयोग पुर्याउने कार्यक्रमका प्रमुख अतिथि विनोद वान्तवाले बताउनु भयो।1776088817398

महोत्सवमा पर्यटकले यहाँको प्रकृति, सांस्कृतिक परम्परा र अतिथि सत्कारको अनुभवसँगै स्थानीय जीवनशैली पनि नजिकबाट बुझ्ने अवसर पाउने छन् । महोत्सवमार्फत स्थानीय किसान, उद्यमी र व्यवसायीलाई प्रोत्साहन दिने लक्ष्य राखेको टेम्केमैयुङ गाँउपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पर्यटन प्रवर्धनमा महोत्सवलाई निरन्तरता दिदै जाने उहाँको भनाइ छ ।

भोलि मंगलबार २०८३ सालको नयाँ वर्षमा वैशाख १ गते नेपालका स्रष्टा सम्मेलन हुने भएको छ । महोत्सव समापन बैशाख २ गते हुने भएको छ ।1776089115835

कार्यक्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेल , नेपाल प्रहरी भोजपुर जिल्ला शाखा प्रमुख राजु लामा ,शसस्त्र प्रहरी भोजपुर जिल्ला शाखा प्रमख दिव्यराज कोइराला ,पौवादुङ्मा गाँउपालिका उपाध्यक्ष जोत्सना राई ,टेम्केमैयुङ गाँउपालिका उपाध्यक्ष रमा राई,डिभिजन वन कार्यलय भोजपुरका प्रमुख रबुदास मियाँ , टेम्केमैयुङ गाँउपालिका वडाअध्यक्षहरू ,खोटाङका जनप्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो ।1776088247437