सुनसरी | सुनसरीको वराहक्षेत्र–६ ठाकुरबारी बाह्र नम्बर नोज मा ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारासहित कोशी टप्पु पर्यटन महोत्सव अन्तर्गत कार्यक्रम उद्घाटन गरिएको छ ।
कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को अवसरमा आयोजित उक्त महोत्सव आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। महोत्सवको उद्देश्य कोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुका साथै स्थानीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम अंगत राई को अध्यक्षता मा सुरु भएको थियो , कोशी नदी किनारलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो।
आजदेखि चैत २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा कोशी टप्पु वन्यजन्तु आरक्ष मा अर्ना, हात्ती र चराहरूको अवलोकन गराइनेछ, र यससँगै रामधुनी मन्दिर दर्शन ,बोराबाँध क्षेत्रमा आकर्षक सूर्यास्त अवलोकन कार्यक्रम साथै साँझ लाखे र धान नाचजस्ता मौलिक सांस्कृतिक प्रस्तुति रहने छ।
महोत्सवको अन्तिम दिन, अर्थात् चैत २७ गते, बिहान पर्यटकहरुलाई वराहक्षेत्र मन्दिर दर्शन गराइनेछ र त्यसपछि बोराबाँधसम्म र्याफ्टिङ सञ्चालन हुनेछ। दिउँसो जेट बोट, एटिबी राइडिङ र काठको डुंगाको सयरका गतिविधि हुनेछन्, साथै अपराह्नदेखि बगर खेलकुद कार्यक्रम को आयोजना रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद सदानन्द मण्डलले कोशी किनारको दीर्घकालीन पर्यटन विकासका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्दै भारतबाट आएका सञ्चारकर्मीलाई नेपालको पर्यटकीय सम्भावनाको प्रचारप्रसार गर्न उनले आग्रह गरे। नगरप्रमुख रमेश कार्कीले भने पर्यटन पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए साथै सहसंयोजक भविश श्रेष्ठले महोत्सवले प्रदेशको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन। यसैबीच, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै पत्रकार भीषण राईलाई नगदसहित प्रमाण पत्र द्वारा समानित बनेका छन ।




















