काठमाडौं | पूर्व नेपालको पहाडी जिल्ला खोटाङको दिक्तेल रुपाकोट माझुगढी नगरपालिकामा जन्मिएका एक साधारण युवा आज साहसिक यात्राका कारण चर्चामा आएका छन्। उनी हुन् चर्चित युट्युब च्यानल “Entertainment MMC” का सञ्चालक तथा युट्युब ब्लगर मनोज आचार्य।

मनोज आचार्यले हालै मोटरसाइकलमार्फत नेपालको सबैभन्दा दुर्गम हिमाली जिल्ला हुम्ला हुँदै तिब्बत क्षेत्रसम्मको ऐतिहासिक तथा साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। उक्त यात्रामा उनीसँगै खोटाङकै अर्का ब्लगर मिलन आचार्य पनि सहभागी थिए।

मनोज आचार्य र उनको टोलीले हुम्लाको सदरमुकाम सिमिकोटसम्म मोटरसाइकलमार्फत यात्रा गरेका थिए। त्यसपछि सिमिकोटबाट स्थानीय बासिन्दा तथा यात्रुहरू सहित ७ जनाको समूह सिमिकोटबाट पैदल यात्रा गर्दै करिब ५ हजार २ मिटर उचाइमा रहेको हुम्लाको नाम्खा गाँउपाफिकाको निहालो डाँडा पुगेको थियो। निहालेबाट यात्रा पैदल यात्रा गरेर पुगेका थिए ।सो क्षेत्रमा नेपालीहरू कमै मात्रामा पुग्ने गरेका छन्।

सो स्थानबाट उनीहरूले धार्मिक दृष्टिले अत्यन्तै पवित्र मानिने कैलाश पर्वतको दर्शन गर्न सफल भए। यो यात्रा केवल साहसिक मात्र नभई धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

यात्राका क्रममा टोलीले तिब्बत क्षेत्रभित्र अवस्थित, हालसम्म औपचारिक नामकरण नभएको एक प्राकृतिक पोखरी फेला पारे। स्थानीय बासिन्दाहरूको सहभागिता र सहमतिमा उक्त पोखरीको नाम ‘छुङ्गार पोखरी’ राखिएको छ। सो क्षेत्रमामा पोखरिहरू निकै रहेको स्थानीयले बताए ।

यस नामकरणले स्थानीय भूगोल, संस्कृति र पहिचानलाई संरक्षण गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। उक्त यात्रामा स्थानीय व्यक्तित्व नाङ्गेल लामा पनि सहभागी थिए, जसले सो क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए। Messenger_creation_3464A026-D032-454E-A98A-7AE8C827F745

हुम्ला जिल्ला नेपालकै सबैभन्दा दुर्गम तथा हिमाली जिल्ला मानिन्छ। यहाँ मुख्यतः सेर्पा समुदायको बहुल्यता रहेको छ। जिल्लामा ७ वटा गाउँपालिका रहेका छन् भने सडक, यातायात र सञ्चार पूर्वाधार अझै पनि चुनौतीपूर्ण अवस्थामा छन्।

स्थानीय नाङ्गेल लामाका अनुसार हुम्लाबाट कैलाश पर्वतको दर्शन गर्न सकिनु यस क्षेत्रको विशेष धार्मिक महत्व हो। कैलाश पर्वत हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रूपमा चिनिन्छ।

हुम्ला र आसपासको तिब्बत क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँ हिमाल, डाँडा, ताल–पोखरी, चराचुरुङ्गी तथा विभिन्न वन्यजन्तुहरूको अवलोकन गर्न सकिन्छ। यस क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके धार्मिक तथा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको स्थानीयहरूको भनाइ छ।

यद्यपि पछिल्लो समय मानव गतिविधि, अवैध सिकार तथा प्राकृतिक स्रोतको दोहनका कारण केही चुनौतीहरू देखिन थालेको स्थानीय नाङ्गेल लामाले बताएका छन्। उनले यस क्षेत्रको संरक्षण र अध्ययनमा राज्यको ध्यान जानुपर्ने आवश्यकता औंल्याएका छन् ।IMG_20260108_125659

युट्युब ब्लगर मनोज आचार्यले आफ्नो यात्रालाई भिडियोमार्फत दस्तावेजीकरण गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। यसले हुम्ला तथा तिब्बत क्षेत्रको वास्तविक अवस्था, सम्भावना र चुनौतीहरूलाई आम नागरिकसम्म पुर्‍याउन मद्दत पुगेको छ। हुम्का जिल्ला नेपालको एक विकट जिल्ला भएका सो जिल्लामा मानिसहरू कमै  बसोबास गर्छन् । हाम्रो लागि यो यात्रा निकै महत्त्वपूर्ण यात्रा बनेको आचार्यले बताए ।

मनोज आचार्यको यो यात्रा व्यक्तिगत साहस मात्र नभई नेपालको दुर्गम भूगोल, धार्मिक पर्यटन र सांस्कृतिक पहिचानलाई उजागर गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।