इटहरी | इटहरीस्थित ज्योति माध्यमिक विद्यालयले कक्षा १२ का विज्ञान विषय अध्यनरत विद्यार्थी र सिभिल इन्जिनियर अध्ययनरत ४४ जना विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको छ।

स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सम्पन्न उक्त ६ दिने भ्रमण अन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई तनुहको बन्दिपुर , पोखरा, मनाङ–मुस्ताङ ,मुक्तिनाथ मन्दिर ,गोरखाको मनकामना मन्दिर, चितवन ,गलेश्वर, रूप्से झरना, सौराहा, गोल्डेन सस्पेन्सन पुल, बेनी बजार, जोमसोम बजार ,मर्स्याङ्गदी जलविद्युत आयोजना र बागमति जलविद्युत आयोजना तथा लगायतका पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन गराइएको थियो।

शैक्षिक भ्रमण व्यवस्थापक तथा शिक्षक देवेन्द्र शाहका अनुसार विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक तथा अनुभवजन्य शिक्षा प्रदान गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो। भ्रमणले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै मनोरञ्जनसमेत प्रदान गरेको उहाँले बताउनुभयो।

भ्रमणमा सहभागी विद्यार्थी विशाल पराजुलीले कक्षा कोठाभन्दा बाहिर विभिन्न स्थानमा पुगेर प्रत्यक्ष ज्ञान लिन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए। स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लिको व्यवस्थापन सहज, सुरक्षित र व्यवस्थित रहेको पनि उनले बताए।IMG_20251231_204150

स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लिका सञ्चालक गणेश अधिकारीका अनुसार कम्पनीले आरामदायी सवारी साधन, गुणस्तरीय होटल बसाइ, अनुभवी टुर गाइड, स्वादिष्ट भोजनलगायतका सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। विद्यार्थीहरूलाई विभिन्न स्थानका ऐतिहासिक, धार्मिक तथा सामाजिक गतिविधिबारे जानकारी गराउँदै मनोरञ्जनात्मक ढंगले भ्रमण गराइएको उहाँले जानकारी दिनुभयो। 

उक्त ट्राभल कम्पनीले विद्यार्थीहरू मात्र नभई विभिन्न संघ–संस्था तथा समूहलाई पनि नियमित रूपमा शैक्षिक तथा मनोरञ्जनात्मक भ्रमण सेवा प्रदान गर्दै आएको छ।17671929712781767192961659