धरान / धरानस्थित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालका शीर्ष १० होटल व्यवस्थापन कलेज’ को सूचीमा स्थान सुरक्षित गर्न सफल भएको छ।
भारतको बेंगलोरस्थित एशियन एजुकेशन रिभ्यूले हालै सार्वजनिक गरेको सर्वेक्षणमा प्राइम भिजन कलेजले उत्कृष्ट स्थान हासिल गरेको हो।
शैक्षिक गुणस्तर, पूर्वाधार, उद्योगसँगको समन्वय, व्यावहारिक तालिम तथा विद्यार्थी सीप विकास कार्यक्रमहरूलाई मूल्यांकन गर्दै उक्त सूची तयार गरिएको हो। यसमा प्राइम भिजन कलेजसहित सुदूरपश्चिमाञ्चल एकाडेमी पनि छनोट भएका छन्।
कलेजका निर्देशक अनिल श्रेष्ठले भने, “हाम्रो आठ वर्षको छोटो यात्रामा यस्तो उपलब्धि पाउनु हाम्रो लागि अत्यन्त गर्वको कुरा हो। सबै अभिभावक, विद्यार्थी, शिक्षक, प्रशासनिक टोली र शुभेच्छुकहरूप्रति धन्यवाद प्रकट गर्न चाहन्छु।”
हालसम्म कलेजले औद्योगिक तालिम, अन्तर्राष्ट्रिय प्रशिक्षकमार्फत कार्यशाला, विद्यार्थी विनियोजन कार्यक्रम जस्ता व्यवहारिक शिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
कलेजले अबको लक्ष्य अनुसन्धान, नवप्रवर्तन, र उद्यमशीलता अभिवृद्धि गर्दै होटल व्यवस्थापन शिक्षाको स्तर उकास्नु रहेको जनाएको छ l