इटहरी | नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा इटहरीको इतिहासमै इटहरीमा पहिलोपटक यहीँ असार १७ गतेदेखि आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता हुने भएको छ।

इटहरी कै इतिहासमा हुने यो प्रतियोगिता आगामी दिनहरूमा इटहरीमा भव्य रूपमा सञ्चालन हुने छ, इटहरीको क्लब के मा यहीँ असार १७ गते देखि हुने आर्म रेस्लिङ खेलप्रेमीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

विजेताले रु. १ लाख, उपविजेताले रु. ४० हजार, र तेस्रो स्थान हासिल गर्नेले रु. २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ।

युवाहरूलाई संगठनमा आबद्ध गर्दै खेलकुदमार्फत अनुशासन, मर्यादा र स्वास्थ्यप्रति प्रेरित गर्ने साथै युवाहरूलाई लागु औषध  दुव्र्यसनीबाट मुक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल तरुण दल, इटहरी नगर समितिका उपाध्यक्ष मनीष चौधरी(थोप्स) ले जानकारी दिनुभयो । 

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक प्रतिस्पर्धीहरूले इटहरीका विभिन्न जिम क्लबहरू तथा पोट ब्ल्याक स्नूकर एण्ड क्याफे बाट दर्ता फारम प्राप्त गर्न सक्नेछन्। 

नेपाल तरुण दलले “शक्तिशाली युवा, समृद्ध इटहरी” भन्ने नारालाई आत्मसात गर्दै युवाहरूको नेतृत्व र ऊर्जा परिचालन गर्ने प्रयासस्वरूप यो प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल तरुण दल, इटहरी उप-महानगर कार्यसमितिका अध्यक्ष  अनीश (सुवेदी) गोरेले जानकारी दिनु भयो ।

युवाहरूलाई लागु औषध  दुव्र्यसनी विरूद्धबाट सचेतना दिने साथै युवाहरूलाई खेल क्षेत्रमा  अगाडि उदेश्यले आयोजना गर्न लागिएको नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले बताउनुभयो ।