सुनसरी | बराहक्षेत्र नगरपालिका ९ वडा कर्यालय द्वारा आयोजित जनप्रतिनिधि एवम् स्वयमसेविका हरुको उपस्थिति मा लगिएको 'अध्ययन अवलोकन भ्रमण २०८२ ' प्रभाबकारी भएको छ |

बराहक्षेत्र नगरपालीका वडा न: ९ को वडा सदस्य एवम् कार्यपालिका सदस्य भगवती खड्का र वडा सदस्य भरत चन्द्रवंशी ,   स्वास्थ्य चौकीको राजाबास को इन्चार्ज , कर्मचारी, सन्चारकार्मी  सहित सम्पूर्ण स्वयंसेवीका हरु  बराहक्षेत्र नगरपालीका वडा नम्बर ९ को आयोजनामा गएको अध्ययन अवलोकन भ्रमण प्रभावकारी  भएको हो ।

बराहक्षेत्र नगरपालिका -९ को वडा सदस्य ,  राजाबास स्वास्थ्य चौकीका इन्चार्ज ,  कर्मचारी , साथै  सम्पूर्ण  स्वयंसेविकाहरूले आफ्नो वडा भरिको स्वास्थ्य कार्यक्षेत्रमा सेवा सुविधा बारे  सिन्दुलीमा रहेकाे गोलेन्जाेर गाउँपालीका मा रहेकाे भिमेश्वर स्वास्थ्य  चौकि प्रमुख गोपाल बहादुर कार्की संग स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रिया गरेका थिए ।

साथै बराहक्षेत्र नगरपालिका वडा ९ का वडा वडा सदस्य एवम् कार्यपालिका सदस्य भगवती खड्का र वडा सदस्य भरत चन्द्रवंशी लगायत स्वयमसेविकाहरुको उपस्थितिमा बेलका नगरपालिका -९ को वडा अध्यक्ष  भरत घिमिरे लगाएत वडा सदस्य हरु सँग वडा कार्यालयमा गई वडा जनप्रतिनिधिहरुसँग वडा कार्यालयको कार्य अवस्था, बिकास को पुर्वधार को अवस्था  बारे अन्तरक्रिया गरी अध्ययन अवलोकन गरिएको छ भन्ने वडा सदस्य एवम् कार्यपालिका सदस्य भगवती खड्का ले जानकारी दिनु भएको छ  ।यस अवसरमा दुई नगरपालिकाका वडा प्रतिनिधिहरुले आफ्नो अनुभव र ज्ञानको आदानप्रदान गर्दै वडा स्तरमा जनसेवा र विकासका लागि गरिने कार्यहरुको गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जाहेर गरेका छन ।

स्वास्थ्य चौकीका स्वयंसेविकाहरूले गर्दै आएका सेवा र कार्यहरूबारे छलफल गर्दै उनीहरूले समुदायमा स्वास्थ्य सुविधा पुगाउन र स्वास्थ्य मा जागरूकता बढाउन गरेका प्रयासहरू प्रशंसनीय छन् भन्ने बताइएको छ। 

यस अवसरमा स्वास्थ्य चौकीले गर्दै आएका कार्यक्रमहरू, जस्तै गर्भवती महिलाहरूको हेरचाह, बच्चाहरूको टीकाकरण, स्वास्थ्य शिक्षा, रोग नियन्त्रण, र स्वच्छता जस्ता विषयहरूमा जनचेतना अभियानहरू समेत छलफलमा रहेको थियो। 

स्वास्थ्य शाखा प्रमुखले स्वयंसेविकाहरूले गर्दै आएका कार्यहरूलाई अझ प्रभावकारी बनाउनका लागि अझ आवश्यक रहेकाे स्वास्थ्य चैकि प्रमुख मौसम चौधरी ले दुबै स्वास्थ्या चौकि को तुलनात्मक अध्ययन गर्नु भएको थियो जसमा भौगोलिक सुबिधा र जनासङ्खिक चाप का कारण सर्ने र नसर्ने रोग को सङ्ख्या अत्यधिक आउने रहेछ भनि उल्लेख गर्नु भयो ।

त्यसैगरि  सिन्दुलीमा रहेकाे गोलेन्जाेर गाउँपालीका मा रहेकाे भिमेश्वर स्वास्थ्य  चौकि प्रमुख गोपाल बहादुर कार्की ले स्वास्थ्य चौकि को नबिनतम अभ्यास हरु लाइ अनुसरण गर्ने र केहि राम्रा सुचक हरु लाइ यथावत् राख्ने भनि बताए । भ्रमण अध्ययन अवलोकन गर्ने क्रममा सिन्धुलिको सेल्फी डाँडा, चरिकोट बजार , भिमेश्वर मन्दिर दोलखा , दोलखा जिल्लामा रहेकाे 'जिरि नगरपालिका को जिरेश्वर महादेव मन्दिर , दोलखा जिल्ला , कालिन्चोक गाउँपालीका स्थित ३८४२ मिटर उचाइ मा रहेकाे प्रसिद्द भगवति माताको मन्दिर दर्सन गरि भ्रमण अध्ययन अवलोकन गर्न लगिएको थियो ।IMG-20250609-WA0062

यस बाट भ्रमण टाेलिले गहन अध्ययन गर्ने अवसर प्राप्त भएको छ साथै नयाँ बिसय को जानकारी ले काम गर्न अझ उर्जा मिलेकाे र भ्रमण प्रभावकारि भएको स्वयमेविका भोजनि चौधरिले बताउनु भयो । नेपाल को भौगोलिक अवस्था ,  धार्मिक तथा सास्कृतिक अवस्था ,  रहन सहन ,  कुनैपनि स्थानिय सरकार ले आफ्नो काम कसरि गरि रहेकाे छ । स्वास्थ्य चौकि मा कस्तो काम हरु भईरहेकाे छ । भन्ने बिसय मा जानकारी  प्राप्त गरि स्थानिय निकाय ,स्वास्थ्य क्षेत्र मा  भईरहेकाे काम लाइ दिगो र प्रभावकारी बनाउने र सुधार गर्ने हेतुले अध्ययन अवलोकन भ्रमण को निम्ति योजना तय पारिएको हो भनि बराहक्षेत्र नगरपालिका ९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवशीले जानकारी दिनु भयो ।

अध्ययन अवलोकन भ्रमणबाट टोलीले नेपालको भौगोलिक अवस्था, धार्मिक तथा सांस्कृतिक विविधता, स्थानीय सरकारले गरिरहेका कार्यहरू, स्वास्थ्य चौकीमा भइरहेका कार्यहरू, र स्थानीय निकायले सामाजिक विकासका लागि अगाडि सारेका पहलहरूबारे गहन अध्ययन गर्ने अवसर प्राप्त गरेको छ ।यस भ्रमणबाट टोलीले नेपालको भौगोलिक विविधताको प्रत्यक्ष अनुभव गरेको छ। तराई, पहाड, र हिमाली क्षेत्रका भौगोलिक अवस्था बारे जानकारी प्राप्त गरेको छ । यसले स्थानीय संस्कृति र धर्मको संरक्षण र प्रवर्द्धनमा स्थानीय निकायले गरिरहेका प्रयासहरूबारे पनि जानकारी प्राप्त भएको छ ।IMG-20250609-WA0056

विभिन्न स्थानीय निकायहरूले आफ्नो क्षेत्रमा विकासका लागि गरिरहेका कार्यहरूबारे अध्ययन गरिएको छ। स्वास्थ्य चौकीहरूमा भइरहेका कार्यहरूबारे पनि अवलोकन गरिएको छ। स्थानीय स्वास्थ्य सेवाको गुणस्तर, चुनौतीहरू, र सुधारका लागि आवश्यक पक्षहरूबारे जानकारी प्राप्त भएको छ । तसर्थ अध्ययन अवलोकन भ्रमण प्रभाबकारी भएको हो ।३ दिने अध्ययन अवलोकन भ्रमण मातापिता ट्राभल एण्ड  टुर प्रा. लि. ले यातायात सेवा प्रदान गरेका थिए।