इटहरी । नयाँ वर्ष २०८२ को पहिलो भ्रमणका रूपमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरका ९६ सदस्यीय टोलीले पोखरा तथा आसपासका धार्मिक र पर्यटकीय स्थलहरूको सफल र अविस्मरणीय यात्रा सम्पन्न गरेको छ। सहयोगी ट्राभल्स इटहरीको बसमा बैशाख ५ गते यात्रामा निस्किएको सो टोलीमा विद्यार्थी, शिक्षक तथा गाडी स्टाफको सहभागिता रहेको थियो।

यात्रा केवल भौतिक गन्तव्यको मात्र होइन, मित्रता, सहकार्य, आत्मीयता र भावनात्मक सम्बन्धको गहिराइ अनुभव गर्ने अवसर पनि बन्यो। सहयात्राको क्रममा भर्खर चिनिएका अनुहारहरू आत्मीयतामा परिणत भए भने पहिल्यै नजिकका मित्रहरू अझ प्रगाढ सम्बन्धमा बाँधिए। सहभागीहरूले पोखराको शान्त फेवा ताललाई सम्बन्धको स्थिरता र शुद्धताको प्रतीकका रूपमा अनुभूति गरेको बताए।

टोलीले तालबाराही, बिन्ध्याबासिनी, पुम्दिकोट महादेव, बाग्लुङ कालिका, मुक्तिनाथ र मनकामना मन्दिरजस्ता धार्मिक स्थलहरूको दर्शन गरी आस्था सँगै यात्रा पार गरेको थियो। यसै क्रममा रुप्से झरनाको चिसो पानीले सम्बन्ध झन् शुद्ध बनाएको अनुभूति भयो भने पर्वत र बाग्लुङ जोड्ने झोलुंगे पुलले सहयात्राको आत्मीयताको भाव बोकेको सहभागिहरूले बताए।

धुम्बालेक र जोमसोमको चिसो सिरेटोसँगै यात्रामा रोमाञ्च थपियो। नयाँ ठाउँ, नयाँ अनुभव र सधैं सम्झनामा रहने प्यारा विद्यार्थीहरूको साथले यात्रालाई अझ स्मरणीय बनायो। यात्राका क्रममा ‘गुरु–चेला’को परिभाषाभन्दा पर गएकाले सबैलाई आत्मीय साथीजस्तै महसुस गराएको सहयोगी ट्राभल्स इटहरीका मार्केटिङ ड्राइरेक्टर सिङ्गम दाहालले बताए ।IMG_20250426_092942

"हामीसँग बस ३ वटा थिए, तर हाम्रो मन एउटै थियो, गन्तव्य एउटै थियो र सम्झना पनि साझा थिए," एक सहभागीले भने।

भ्रमणलाई व्यवस्थित, सुरक्षित र रमाइलो बनाउन अहोरात्र खटिनु भएका आदरणीय शिक्षक सिताराम सर, अजित सर र स्ववियु प्रतिनिधि अङ्कित भाइप्रति सहभागीहरूले विशेष आभार व्यक्त गरेका छ ।

यात्राको समापन पनि सुरुजस्तै मनोरञ्जनात्मक र भावुक रूपमा भएको थियो। सहभागीहरूले भविष्यमा पनि यस्तै अविस्मरणीय यात्रामा फेरि भेट्ने बाचा गर्दै सम्झनाका रूपमा तस्बिरहरूमा ती क्षणहरू कैद गरेका छन्। सहयोगी ट्राभल्स कम्पनी इटहरीले विद्यार्थी, अभिभावक लगाएतको टिमलाई सहज तरिकाले आफ्नै बसमा यात्रा गराउदै आएको छ ।IMG_20250426_092948