सुनसरी | बराहक्षेत्र नगरपालिकामा रहेको धर्तीको पहिलो तिर्थ स्थल बराहक्षेत्र धामको २०८२ सला बैशाख १ गते नयाँ बर्षको अवसरमा पशुपति क्षेत्रमा प्रचार-सागग्री वितरण गरिएको छ।
वराहक्षेत्र भगवानका सेवक पण्डित योगेश वराहक्षेत्रको नेतृत्वमा बराहक्षेत्र धामको प्रचारप्रसार सामाग्री वितरण गरेको हो । जसमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को जानकारीसहित वराहक्षेत्र, गुप्तवराह, औलिया-मठ आदि देवस्थलको प्रचार-सामग्री वितरण गरेको वराहक्षेत्र भगवानका सेवक पण्डित योगेश वराहक्षेत्रले बताए ।
उक्त कार्यक्रममा वराहक्षेत्र नगरपालिका १० नम्बर वडा कार्यालयका वडा अध्यक्ष तेज बहादुर गुरुङ, युवा समाजसेवी भिम कटुवाल, गुप्तवराह निर्माणका सहयोगी रामप्रकाश/सीता काफ्ले, मनोहराफाँट भक्तपुरगर्नु,गुप्तवराहको काठमाण्डौ प्रतिनिधि हेमा दाहाल खतिवडासहित विभिन्न ब्याक्तीहरुले प्रचार-सामग्री वितरण गरेका थिए ।