धनकुटा । कोशी प्रदेश सरकारले घोषणा गरेको "कोशी प्रदेश पर्यटन वर्ष २०८२" को भव्य उद्घाटन तथा शुभारम्भ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ र यस सम्बन्धी एक महत्वपूर्ण तयारी तथा सुरक्षा बैठक सम्पन्न भएको छ।

बैठकमा सुरक्षामा कुनै पनि कमजोरी नराख्ने निर्णय गर्दै सबै सरोकारवालाहरूले एकमतले कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा सहभागी अधिकारीहरूले सुरक्षाका हरेक पाटोलाई सूक्ष्म रूपमा विश्लेषण गरी आवश्यक रणनीतिहरू तय गरेको जानकारी दिएका छन्।

बैठकमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतीरमण भण्डारी, वन वातावरण तथा पर्यटन मन्त्री षडानन्द मण्डल, भौतिक पूर्वाधार राज्य मन्त्री भूमि प्रसाद राजवंशी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, सुरक्षा निकाय प्रमुखहरू, जिल्ला प्रशासन प्रमुखहरू, र राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी थिए।

WhatsApp Image 2025-04-04 at 20.25.09_0f3ecdcf