काठमाडौँ / नेपालमा पर्यटन प्रवद्र्धन र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले Tourism Project Showcase 2025 आयोजना हुने भएको छ । एलिसन हस्पिटालिटीको आयोजनामा र काफल्सको व्यवस्थापनमा सन्चालन हुने यो प्रदर्शनी आगामी वैशाख १५, १६ र १७ गते काठमाण्डौको जी रामायण होटलमा सम्पन्न हुनेछ ।
“Next-Gen Tourism: From Field to Future” नाराका साथ आयोजना गरिने तीन–दिने कार्यक्रम मा ५ जना विद्यार्थीको समुहमा जम्मा १० ग्रुपले प्रतिस्पर्धा गर्दै पर्यटन क्षेत्रका नवीन परियोजनाहरू प्रस्तुत गर्नेछन् । सहभागी टोलीलाई उद्योग विशेषज्ञ तथा मार्गदर्शकहरू द्वारा प्रशिक्षित गरिनेछ, जसले उनीहरूलाई पर्यटनको दिगोपन, नवप्रवर्तन र आर्थिक सम्भाव्यता जस्ता पक्षहरूमा केन्द्रित गराउन मद्दत गर्नेछ ।
कुनै पनि युनिभर्सटीबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले यस कार्यक्रममा भाग लिन पाउने छन् । प्रतियोगीतामा सामेल हुन चाहने विद्यार्थीहरुले कन्सेप्ट पेपर पेस गर्नु पर्नेछ । उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनौट गरी प्रतिस्पर्धामा सहभागी गराईनेछ । सहभागीले निःशुल्क प्रवेश गरी प्रतियोगीतामा सामेल हुन पाउने छन्। Tourism Project Showcase 2025 ले पर्यटनका नयाँ अवधारणा र समाधानहरू प्रस्तुत गर्नेछ, जसले निम्न क्षेत्रमा योगदान पुर्याउने छ।
पर्यावरणीय पर्यटन – हरित र दिगो यात्रा अवधारणाको प्रवद्र्धन ।
साहसिक र खेलकुद पर्यटन – नेपाललाई रोमाञ्चक साहसिक गन्तव्यको रूपमा विकास गर्ने ।
सांस्कृतिक तथा सम्पदा पर्यटन – परम्परागत सम्पदाको संरक्षण र प्रवद्र्धन ।
स्मार्ट सिटी तथा ग्रामीण पर्यटन – प्रविधि र पर्यटनको सहकार्यलाई प्रवद्र्धन गर्ने ।
ग्यास्ट्रोनोमी तथा पाककला पर्यटन – नेपालका स्थानीय परिकारहरूलाई पर्यटन उद्योगमा स्थापित गर्ने ।
स्वास्थ्य तथा ध्यान पर्यटन – नेपालको आध्यात्मिक परम्परालाई पर्यटनसँग जोड्ने ।
टुरिजम प्रोजेक्ट सोकेस तीन दिनसम्म चल्नेछ, जसमा विभिन्न चरणहरू समावेश हुने एलिसन हस्पिटालिटि प्रा.लि अध्यक्ष मगरले बताउनुभयो।
तीन दिनसम्म चल्ने कार्यक्रमको पहिलो दिनः उद्घाटन समारोह, परियोजना प्रस्तुतिको प्रारम्भ ।
दोस्रो दिनः मार्गदर्शन सत्र, उद्योग अन्तक्र्रिया, परियोजनाहरूको परिमार्जन।
तेस्रो दिनः अन्तिम परियोजना प्रदर्शन, निर्णायक मूल्याङ्कन, पुरस्कार वितरण रहने कार्यक्रमले प्रोजेक्ट सोकेश एक महत्वपूर्ण मञ्च हो, जहाँ विद्यार्थी, प्रोफेसनल्स, नीति निर्माता, र लगानीकर्ताहरू सँगै आएर पर्यटन क्षेत्रमा नवीनतालाई अगाडि बढाउन सहयोग गर्नेछन् एलिसन हस्पिटालिटि प्रा.लि. अध्यक्ष मगरले बताउनुभयो।
प्रतियोगिताका विशेष पक्षहरूमा टप्स २०२५ अन्तर्गत विशेष रूपमा इन्जिनियरिङ तथा आर्किटेक्चर विद्यार्थीहरूका लागि अवसर उपलब्ध गराइनेछ । प्रतियोगितामा नेपालका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूले कोशी प्रदेशका पर्यटकीय स्थलहरूलाई केन्द्रमा राखी नवीन परियोजना निर्माण गर्नुपर्ने।
प्रदर्शनी अवधिभर विद्यार्थीहरूलेः स्थलगत अनुसन्धान गरेर पर्यटन केन्द्रित संरचना र मोडल निर्माण गर्ने, परियोजनाको थ्री–डी मोडल, ड्रइङ्ग, र डिजिटल प्रेजेन्टेसन तयार गर्ने , निर्णायकहरू समक्ष परियोजनाको प्रस्तुतीकरण दिने ।
विजेता टिमलाई क्रमश एक लाख, पचास हजार, पच्चिस हजार र सहभागी टिमलाई रु दश हजारका दरले नगद पुरस्कार, प्रमाणपत्र, तथा अन्य आकर्षक उपहार प्रदान गरिने अध्यक्ष मगरले बताउनुभयो।




















