इटहरी | होटल संघ पोखरा नेपालले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सुरु गरेको "जाउँ है पोखरा अभियान" यस वर्ष पनि निरन्तरता पाउने भएको छ। संघले देशभरका पर्यटकलाई पोखरा भ्रमणका लागि प्रेरित गर्दै पूर्वी नेपालका प्रमुख सहरहरूमा अभियान सञ्चालन गरिएको छ ।

गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा फागुन १८ देखि २२ गतेसम्म जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडा लगायतका सहरहरूमा यो अभियान सञ्चालन भइरहेको छ । मंगलबार  टिम इटहरीमा आइपुगेको छ । टोलीमा होटलकर्मी, संचारकर्मी र अन्य पर्यटन ब्यावसायी गरी २० जनाको सहभागिता छ । उनीलाइ इटहरीको होटल इन टुरिष्ट प्यालेसमा स्वागत सम्मान गरिएको थियोे ।

कार्यक्रमका प्रमुखको आथिति कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदे सरकारले पर्यटन क्षेत्रलाई सहयोग गर्ने बताउनुभयो ।

IMG_20250304_191228

कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै यी क्षेत्रहरूबाट पर्यटकलाई पोखरा ल्याउने र पोखराबाट पर्यटकलाई पूर्वी नेपाल भ्रमण गराउने लक्ष्य सफल रहन शुभकामना व्यक्त गर्नु भयो ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले पुर्वको सहर इटहरीमा पर्यटन कर्मीलाई स्वागत गर्दै कोशी प्रदेश उद्योग वाणिज्य संघले सहयोग गर्ने बताउनुभयो ।

IMG_20250304_191541

सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा'नातिकाजी राष्ट्रिय योगदान सम्मान २०८०'' बाट  सम्मानित हुनुभएकोमा संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव  राजु केसीलाई सम्मान समेत गरिएको थियोे ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, "पोखरामा पाँच खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको छ। १,२०० भन्दा बढी होटलमा ४०,००० विस्तरा उपलब्ध छन् भने करिब १५,००० जनाले रोजगारी पाएका छन्। पोखराको पर्यटन प्रवर्द्धनकै लागि संघले विभिन्न महोत्सव र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ।"

IMG_20250304_191353

पोखरालाई नेपालकै प्रमुख पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव, र खेलकुद कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। साथै, भारतीय पर्यटकलाई लक्षित गर्दै विभिन्न भारतीय सहरहरूमा चलिए पोखरा अभियान सञ्चालन गर्ने गरिएको छ।

पोखरामा बन्जी जम्पिङ, जीप लाइनिङ, मठमन्दिरहरूमा सन्ध्याकालीन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ जस्ता थुप्रै पर्यटकीय गतिविधिहरू उपलब्ध छन्, जसले यो सहरलाई साहसिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको केन्द्र बनाएको छ।

Screenshot_2025_0306_073320

नेपाली कला, संस्कृति, पर्यटन, र खानालाई प्रवर्द्धन गर्न संघले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म फेवा तालको किनारमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ आयोजना गर्ने तयारी गरेको छ।

संघले पोखरासम्मको पहुँचलाई अझ प्रभावकारी बनाउन पूर्वी नेपालका विभिन्न सहरहरूबाट पोखरासम्मको सीधा हवाई उडान र स्तरीय बस सेवा संचालन गर्न सम्बन्धित निकायहरूलाई पहल गर्न आग्रह गरेको छ।

हालै पोखरा औपचारिक रूपमा नेपालको पर्यटन राजधानी घोषणा भएको छ। साथै, नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरिसकेको सन्दर्भमा, पोखरालाई थप प्रवर्द्धन गर्न जाउँ है पोखरा अभियान महत्वपूर्ण हुने आयोजकहरूको विश्वास छ।

Screenshot_2025_0306_073349

पर्यटन प्रवर्द्धनका लागि पृथ्वी राजमार्गको स्तरोन्नति अन्तिम चरणमा पुगेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै नै अन्तर्राष्ट्रिय उडान सुरु हुने तयारी भइरहेको संघले जनाएको छ।

होटल संघ पोखराले सम्पूर्ण नेपालीलाई पोखराको प्राकृतिक सुन्दरता, संस्कृतिक महत्व, र साहसिक गतिविधिहरूको मजा लिन "जाउँ है पोखरा अभियान २०८१" मा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रमका कोशी  प्रदेशका पर्यटन कर्मी , पर्यटन व्यवसायीहरू ,लगाएतको सहभागीता रहेको थियोे । कार्यक्रमको संयोजक तथा संचालन मिसन पराजुलीले गर्नु भएको थियोे ।

कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको त्यसको तयारी सुरु गरेको छ । गत सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका थिए ।  

 पर्यटन वर्ष २०८२ मा १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य रहेको छ । पर्यटन वर्ष २०८२ मा भारत, चीन, बङ्गलादेश र भुटानका पर्यटक कोशी प्रदेशमा भित्राउने प्रदेश सरकारले लक्ष्य लिएको छ । मुख्य गरि चियाबारी पदमार्ग ,फाल्गुनन्द पदमार्ग,लालीगुराँस पदमार्ग र मुन्दुम पदमार्ग रहेका छन् ।