सुनसरी | बराहक्षेत्र नगरपालिका १० वडा कर्यालय द्वारा आयोजित 'अध्ययन अवलोकन भ्रमण ' प्रभाबकारी भएको छ |

बराहक्षेत्र नगरपालीका वडा न: १० को सम्पूर्ण वडा सदस्य हरु , वडा कार्यलयको सम्पूर्ण कर्मचारी हरु,  प्रकाशपुर स्वास्थ्य चौकीको कर्मचारी सम्पूर्ण स्वयंसेवीका हरु  बराहक्षेत्र नगरपालीका वडा नम्बर १० को आयोजनामा गएको अध्ययन अवलोकन भ्रमण प्रभावकारी  भएको हो ।

बराहक्षेत्र नगरपालिका -१० को सम्पुर्ण वडा सदस्य , वडा कर्मचारी लगाएत ,  प्रकाशपुर स्वास्थ्य चौकीका इन्चार्ज ,  कर्मचारी , साथै  सम्पूर्ण  स्वयंसेविकाहरूले आफ्नो वडा भरिको स्वास्थ्य कार्यक्षेत्रमा सेवा सुविधा बारे  सम्बन्धमा बाग्लुङ नगरपालिका वडा-१ की रामरेखा स्वास्थ्य चौकि प्रमुख अनिता राजभण्डारीसंग स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रिया गरेका थिए ।

साथै बराहक्षेत्र नगरपालिका वडा १० का वडा सचिब श्री प्रसाद उराउ लगायत वडा सदस्यहरु र वडा कर्मचारीहरुको उपस्थितिमा बाग्लुङ नगरपालिका वडा १ रामरेखा को वडा कार्यालयमा गई वडा जनप्रतिनिधिहरुसँग वडा कार्यालयको कार्य अवस्था बारे अन्तरक्रिया गरी अध्ययन अवलोकन गरिएको छ भन्ने जानकारी वडा सचिबले दिएका हुन ।यस अवसरमा दुई नगरपालिकाका वडा प्रतिनिधिहरुले आफ्नो अनुभव र ज्ञानको आदानप्रदान गर्दै वडा स्तरमा जनसेवा र विकासका लागि गरिने कार्यहरुको गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जाहेर गरेका छन ।

स्वास्थ्य चौकीका स्वयंसेविकाहरूले गर्दै आएका सेवा र कार्यहरूबारे छलफल गर्दै उनीहरूले समुदायमा स्वास्थ्य सुविधा पुगाउन र स्वास्थ्य मा जागरूकता बढाउन गरेका प्रयासहरू प्रशंसनीय छन् भन्ने बताइएको छ। 

यस अवसरमा स्वास्थ्य चौकीले गर्दै आएका कार्यक्रमहरू, जस्तै गर्भवती महिलाहरूको हेरचाह, बच्चाहरूको टीकाकरण, स्वास्थ्य शिक्षा, रोग नियन्त्रण, र स्वच्छता जस्ता विषयहरूमा जनचेतना अभियानहरू समेत छलफलमा रहेको थियो। 

स्वास्थ्य शाखा प्रमुखले स्वयंसेविकाहरूले गर्दै आएका कार्यहरूलाई अझ प्रभावकारी बनाउनका लागि अझ आवश्यक रहेकाे छ ।साथै प्रकासपुर स्वास्थ्य चैकि प्रमुख ललित रौनियर ले दुबै स्वास्थ्या चौकि को तुलनात्मक अध्ययन गर्नु भएको थियो जसमा भौगोलिक सुबिधा र जनासङ्खिक चाप का कारण प्रकासपुरमा सर्ने र नसर्ने रोग को सङ्ख्या अत्यधिक आउने रहेछ भनि उल्लेख गर्नु भयो ।

त्यसैगरि  बाग्लुङ नगरपालिका वडा-१ की रामरेखा स्वास्थ्य चौकि को नबिनतम अभ्यास हरु लाइ अनुसरण गर्ने र केहि राम्रा सुचक हरु लाइ यथावत् राख्ने भनि बताए । भ्रमण अध्ययन अवलोकन गर्ने क्रममा जनकपुर , देबघाट , मनकामना ,पोखरा, बाग्लुङ ,  कालिका ,  म्याग्दि मुस्ताङ मुक्तिनाथ भ्रमण अध्ययन अवलोकन गर्न लगिएको थियो ।

यस बाट भ्रमण टाेलिले गहन अध्ययन गर्ने अवसर प्राप्त भएको छ साथै नयाँ बिसय को जानकारी ले काम गर्न अझ उर्जा मिलेकाे र भ्रमण प्रभावकारि भएको स्वयमेविका सरिता खत्रीले बताए । नेपाल को भौगोलिक अवस्था ,  धार्मिक तथा सास्कृतिक अवस्था ,  रहन सहन ,  कुनैपनि स्थानिय सरकार ले आफ्नो काम कसरि गरि रहेकाे छ । स्वास्थ्य चौकि मा कस्तो काम हरु भईरहेकाे छ । भन्ने बिसय मा जानकारी  प्राप्त गरि स्थानिय निकाय ,स्वास्थ्य क्षेत्र मा  भईरहेकाे काम लाइ दिगो र प्रभावकारी बनाउने र सुधार गर्ने हेतुले अध्ययन अवलोकन भ्रमण को निम्ति योजना तय पारिएको हो भनि बराहक्षेत्र नगरपालिका १०  का वडा अध्यक्ष तेज बहादुर गुरुङ्ले जानकारी दिनु भयो ।IMG-20250304-WA0050

अध्ययन अवलोकन भ्रमणबाट टोलीले नेपालको भौगोलिक अवस्था, धार्मिक तथा सांस्कृतिक विविधता, स्थानीय सरकारले गरिरहेका कार्यहरू, स्वास्थ्य चौकीमा भइरहेका कार्यहरू, र स्थानीय निकायले सामाजिक विकासका लागि अगाडि सारेका पहलहरूबारे गहन अध्ययन गर्ने अवसर प्राप्त गरेको छ ।यस भ्रमणबाट टोलीले नेपालको भौगोलिक विविधताको प्रत्यक्ष अनुभव गरेको छ। तराई, पहाड, र हिमाली क्षेत्रका भौगोलिक अवस्था बारे जानकारी प्राप्त गरेको छ ।जनकपुर, मनकामना, मुक्तिनाथ जस्ता धार्मिक महत्वका स्थलहरूबाट धार्मिक विश्वास, परम्परा, र संस्कृतिको विविधताबारे अवलोकन गरिएको छ। यसले स्थानीय संस्कृति र धर्मको संरक्षण र प्रवर्द्धनमा स्थानीय निकायले गरिरहेका प्रयासहरूबारे पनि जानकारी प्राप्त भएको छ ।

विभिन्न स्थानीय निकायहरूले आफ्नो क्षेत्रमा विकासका लागि गरिरहेका कार्यहरूबारे अध्ययन गरिएको छ। स्वास्थ्य चौकीहरूमा भइरहेका कार्यहरूबारे पनि अवलोकन गरिएको छ। स्थानीय स्वास्थ्य सेवाको गुणस्तर, चुनौतीहरू, र सुधारका लागि आवश्यक पक्षहरूबारे जानकारी प्राप्त भएको छ । तसर्थ अध्ययन अवलोकन भ्रमण प्रभाबकारी भएको हो । त्यसै गरि सम्पुर्ण भ्रमण टाेली लाई अध्ययन अवलोकन भ्रमण बाट फर्किए पस्चात बराहक्षेत्र नगरपालिका १० वडा कार्यलय ले स्वगत सम्मान गरेका थिए ।