चितवन / संरक्षणको माग अन्तर्राष्ट्रिय स्तरमै चर्किएपछि जंगली हात्ती समाउन गाह्रो भयो । अन्तर् राष्ट्रिय संरक्षण अभियानकर्ताले चर्को बिरोध गरेपछि जंगली हात्ती समाउन छोडियो । हात्ती त चाहियो । कसो गर्ने ? त्यसपछि सौराहाको खोरसोरमा हात्ती प्रजननकेन्द्र स्थापना भयो । पालिएका हात्तीबाट पोथी गर्भिणी त भए तर बच्चा सफल जन्मिएनन् । बच्चा जन्माउन नसकेर एउटा पोथी माउपनि मर्‍यो । करोडौं लगानीमा प्रजनन केन्द्र स्थापना गरिएपनि त्यो असफल दिशामा थियो । 

Messenger_creation_C6EE5DBE-535F-4F88-B5CE-DFFAABF4627B

२०४८, २०५० सालतिर जम्मा एउटा हात्ती 'रेक्की' भन्ने त्योपनि चितवनको अम्रिते भन्ने पोस्टमा मात्रै आयो । त्यो भाले हात्ती आयो, चक्कार लगायो, हेरेर फर्कियो । त्यसपछि अर्को अर्को सालबाट अरु हात्ती आए । जंगली हात्तीले गर्भवती बनाउन थालेपछि हात्ती प्रजनन केन्द्र सफल भयो । 

अर्को कोशीटाप्पूको फत्तेपुर भन्ने ठाउँमा फत्तेपुर भन्ने हात्तीसार थियो । त्यहाँ अर्को भाले हात्ती आएपछि चार ठाउँमा हात्तीहरु सारियो । भाले त्यहिँ त्यहिँ पुग्यो । र ति हात्ती चितवन सारियो । बिस्तारै अर्को भाले आयो । त्यसपछि अरु भाले आए । 

मकुना, रोनाल्डो, ध्रुबे हात्ती आफैं आएका त होइनन् । हात्तीहरुको एकले अर्कोलाई सञ्चार गर्ने अल्ट्रा साउन्ड कम्युनिकेशन भन्ने भाषा हुन्छ । त्यो भाषा झ्याउँकीरीको आवाज भन्दापनि सानो हुन्छ । अरुले सुन्दैनन् हात्तीले सुन्छन् । हात्तीसार वा पालेका हात्तीले त्यो अल्ट्रा साउण्ड कम्युनिकेशन मार्फत् 'म तयार छु, म संभोगको भोकी छु, आउ, म यहाँ छु' भन्ने संकेत नगरेसम्म त भालेहरु आउने गर्दैनन्। पोथीहरु संभोगका लागि तयार भएको मल, मुत्र, आवाजले संकेत नछोडेसम्म भालेलाई थाहपनि हुन्न । त्यसैले हात्ती बाँधेको छेउछाउमा जंगली भाले आउनु भालेको दोष मात्रै होइन । पालिएका पोथीको निम्तो नपाई नआउनाले अब हात्तीसारका पोथी सबै सबैको हत्या गर्नुपर्‍यो । 

जंगली हात्तीले त्यत्रो हात्ती प्रजनन केन्द्र सफल बनाइदिए । एउटा बयस्क हात्तीको मूल्य बजारमा कम्तिमा ८० लाख पर्छ । जंगली हात्तीले त्योपनि दिलाए । अर्को संरक्षणकालागि अरु बच्चा हात्ती जन्माईदिए, पर्यटक बोक्ने र तिनै जीवजन्तु संरक्षणकोलागि निगरानी गर्न जानेपनि हात्ती हुन् । तिनै हात्ती मारेर कस्तो संरक्षण शिक्षा दिन खोजेको हो नेपाली सेनाले, निकुञ्ज प्रशासनले ? 

गाउँघरमा हात्ती आएर दुख भयो भन्ने, त्यसको बिरोध गर्ने जनताको आवाज फरक हो । त्यो जनताको तर्फबाट केहि जायज हो । तर संरक्षणकर्मीलेनै त्योपनि बस्तिमा होइन जंगल भित्रै, हात्तीकै बासस्थानमा गएर गोली हान्नु भनेको लज्जास्पद, संरक्षण बिरोधी, पालिएका हात्ती बिरोधी र संरक्षण बिरोधि कर्म हो । यिनले पढेको, सिकेको संरक्षण शिक्षा होइन खोस्टो हो । यसमा संलग्न जोजो छन् तिनमाथि गम्भिर कारवाहि हुनुपर्छ । ति सबैलाई संरक्षणको कक्षा एकमा लगेर भर्ना गर्नुपर्छ र अब देखि पोथी हात्तीहरुलाई गर्भ बसाल्ने जिम्मेवारी संरक्षणमा खटिएका नेपाली सेना र प्रमुख संरक्षण अधिक्रितलाईनै दिनुपर्छ । वहाँहरुलेनै पोथीलाई गर्भवती बनाइदिए जंगली हात्तीलाई पोथीले आमन्त्रण नै गर्दैनन् र हात्ती समस्या समाधान हुनसक्छ । (फोटोमा मकुना, मैले २०२३ मा खिचेको फोटो)