इटहरी । कोशी प्रदेशमा होटलको स्वामित्वमा पुरुष भन्दा महिला धेरै भएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालसालै सार्वजनिक गरेको देशको होटल तथा हस्पिटालिटी सर्वेको नतिजा अनुसार कोशी प्रदेशमा होटल क्षेत्रको ५२.७ प्रतिसत स्वामित्व महिलाको रहेको छ ।

महिलाको स्वामित्वमा १३,४६१ होटल हुँदा पुरुषको स्वामित्वमा १२,०८३ होटल रहेका छन् । प्रदेशमा मात्रै होइन महिलाको स्वामित्वमा रहेका होटलहरुको प्रतिसतमा पनि कोशी प्रदेश अगाडि रहेको छ । बागतमीमा ४८.३ प्रतिसत तथा गण्डकीमा ४८.८ प्रतिसत होटलहरु महिलाको स्वामित्वमा भएको पाइएको छ । यस कोणमा देशमा सबैभन्दा धेरै होटलहरुको स्वामित्व महिलाको हुने प्रदेशमा कोशी प्रदेश पाइएको छ ।

Messenger_creation_B615D0A3-E9DA-4D81-811B-C696568C1515

नेपाली महिला उद्यम तथा पर्यटन क्षेत्रमा यो सुखद खबर भएको बताउँछन् होटल व्यवसायी महासंघ कोशी प्रदेशको महासचिव वासुदेव बराल । उनी भन्छन्, ‘सरकारले महिला पर्यंटन उद्यम कर्जा वा अरु थप व्यवशायिकरणका राष्ट्रिय तथा अन्तराष्ट्रिय दक्षताका कार्यक्रमहरु चलाउन कोशी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा लाने तथ्यांकको आधार कोशी प्रदेश हुन पुगेको छ । यो सुन्दर कुरा हो ।’ 

यस्तै सर्वेका अनुसार कोशी प्रदेशमा ६२,०५३ जना होटल क्षेत्रमा सक्रिय भएको त था १०,२४८ जनाले रोजगार पाएको देखाएको छ । कोशी प्रदेशमा तलब नलिइकन काम गर्ने तथा परिवारका सदस्यहरु होटलमा जोडिने संख्या ५१,८०५ रहेको छ ।        परिवारले चलाएको तथा व्यवशायिक रुपमा चलेका सबै जोडेर २५,८८७ संख्याका व्यवशाय भएको र त्यहाँ ६२,०५३ जना जोडिएको तथ्यांकले देखाएको छ । अझ रोचक कुरा दर्ता भएर संचालन भएका होटलहरु भने १६,२८४ भएको पाइएको छ ।  कोशी प्रदेशमा तारे होटलहरुको संख्या ७ भएको तथ्यांकमा आएको छ ।