काठमाडौं । भगवान गौतम बुद्धको जन्मस्थान तथा विश्व सम्पदा सूचिमा परेको लुम्बिनी अमेरिकाको विश्व प्रसिद्ध अखबार दि न्यू योर्क टाइम्सले सिफारिस गरेका विश्वका उत्कृष्ठ नौँ गन्तव्यमा परेको छ । सन २०२५ मा घुम्नुपर्ने ५२ गन्तव्यहरुमा लुम्बिनी ९ औं गन्तव्यमा अटाएको हो ।

न्यू योर्क टाइम्सले बुद्धकि आमा मायादेवी, बुद्धको राजकुमार हुँदाको नाम सिद्धार्थ देखि गत नोभेम्बरमा उद्घाटन भएको थाउजेण्ड बुद्धको मन्दिरको पनि चर्चा गरेको छ ।

नेपालका बुद्ध जन्मेको जानकारी विश्वभर लान मात्रै नभएर बौद्ध धर्मवालम्बीहरु मात्रै नभएर विश्वभरका यात्रुहरुलाई घुम्न आवस्यक गन्तव्यमा एक लम्बिनी समावेश हुनु नेपाली पर्यटनकै सुखद खबर भएको बताउँछन् पर्यटन उद्यमी वासुदेव बराल ।

बरालका अनुसार नेपालको धार्मिक पर्यटन खासगरि बौद्ध धार्मिक पर्यटनमा यो सूचिकरणले धेरै अर्थ राख्छ । बराल भन्छन्, ‘नेपाल सरकारले कुरा गरेको पर्यटन दशकको लागि पनि यो सुखद समाचार हो ।’