भोजपुर | भोजपुर टेम्केमैयुङ गाउँपालिकाले आगामी माघ १ गतेदेखि ५ गते सम्म हुन लागेको सांस्कृतिक, पर्यटन तथा कृषि मेलामा माघ ३ गते साकेला सिली प्रतियोगिता गर्ने भएको छ ।

यहीँ माघ १ गते गते देखि ५ गते भोजपुरको चखेवा डाँडामा हुन लागेको सांस्कृतिक, पर्यटन तथा कृषि मेलामा माघ १ गते उद्घाटन समारोहमा नाक्छोङहरूको मुन्दुमी प्रदर्शनी साथै माघ ३ गते साकेला सिलि प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु. २०,०००, द्वितीय पुरस्कार रु. १५,०००, र तृतीय पुरस्कार रु. १०,००० राखिएको छ। प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक समूहमा कम्तीमा १० जना सदस्य अनिवार्य रहेका छन्। 

यस प्रतियोगिता आयोजनाले किराँत संस्कृतिको संरक्षण र प्रवर्द्धनमा मद्दत पुर्याउने र स्थानीय पर्यटन र कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको साकेला सिलि प्रतियोगिता तथा नाक्छोङ कार्यक्रमका संयोजक तथा टेम्केमैयुङ गाउँपालिका ४ का वडा अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो ।

कार्यक्रमको अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको गायन प्रस्तुति स्थानीय कृषि उत्पादन प्रदर्शनी तथा माघ ४ गते धनुष वाण प्रतियोगिता गरिनेछ। माघ १ गते दखि हुने कार्यक्रम ५ गते समापन हुदै छ ।

मेलाको उद्घाटन माघ १ गते प्रमुख अतिथि संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको उपस्थितिमा हुने  गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनु भयो ।

मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले भ्रमण वर्ष र सांस्कृतिक ,पर्यटन तथा कृषि मेला आयोजना गरेको हो ।1736614953031

यस्तै मेलाको अवसरमा भोजपुर र खोटाङका मन्त्री तथा सांसदहरूलाई समेत पर्यटन बर्ष र मुन्दुम पदमार्गका विषय समेटिएको अवधारणा पत्र बुझाइने कार्यक्रम रहेको छ ।

मेलामा विभिन्न दिन विशेष कार्यक्रम आयोजना गरिनेछन्। माघ २ गते कवि मिल्सन राईको कविता वाचन, जारोह व्याण्डको प्रस्तुति, र स्थानीय कृषि उत्पादन प्रदर्शनी तथा प्रतियोगिता गरिनेछ। प्रतियोगितामा किबि ,सुन्तला ,एभोकाडो  रायो साग, मुला, तरुल, र स्कूसजस्ता उत्पादनहरू समावेश हुनेछन् । माघ ३ गते  गायक ज्वाला राईको विशेष सांगीतिक प्रस्तुति हुनेछ।

माघ ४ गते परम्परागत धनुवाण प्रतियोगिता हुनेछ। यसै दिन चर्चित हास्य कलाकार मनोज गजुरेल र गायक भिषण मुकारुङले प्रस्तुति दिनेछन्। गायक शिव परियारले माघ ५ गते बेलुका सांगीतिक प्रस्तुति दिनेछन् ।

मेलाको अन्तिम दिन, माघ ५ गते, स्थानीय कला, साहित्य, र सांस्कृतिक प्रस्तुति हुनेछ। मेलाका विभिन्न प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। स्थानीय उत्पादनबाट बनेका परिकारहरूको स्वाद लिन पनि पाइनेछ।

मेलाको समन्वय मैयुङ-टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गर्नेछ भने व्यवस्थापन चसेवा बजार तथा शहरीकरण व्यवस्थापन समिति, चखेवाले सम्हाल्नेछ ।1736614936176