काठमाडौं । विश्वको प्रसिद्ध पर्यटन प्रकाशन ट्रीप एड्भाइजरले काठमाडौंलाई वर्ष २०२५ मा घुम्नैपर्ने सहरको सूचिमा राखेको छ । एकल यात्राको गन्तव्यमा विश्वघर घुम्नेपर्ने दश सहरमा काठमाडौं दोस्रो सूचिमा अटाएको छ ।

यस्तै संस्कृतिको लागि घुम्नुपर्ने सहरको सूचिमा काठमाडौं सातौं स्थानमा आएको छ । विश्व सम्पदा सूचिमा परेका नेपालका १० स्थानमा सात स्थान काठमाडौं उपत्यकामै छन् ।

यो संख्या दक्षिण एसियाली अरु कुनै सहरमा छैन । यस्तै अन्तराष्ट्रिय विमानस्थल भएको, अंग्रेजी जान्ने स्थानियहरु भएको तथा सुरक्षाको कोणमा पनि काठमाडौं सुरक्षित गन्तव्यमा एक भएको छ । यिनै कारणहरुले ट्रीप एड्भाइजरले काठमाडौंलाई दुई प्रकारका गन्तव्यमा यो वर्ष विश्वभर घुम्नुपर्ने सहरको सूचिमा राखेको छ । 

f2a9eb31-73a5-47b4-a8c7-19f58fff7d71d2c282a1-7881-4fd5-b8d0-7a7d0aca715a