काठमाडौं । सन २०२५ सुरु भएको छ । त्योसँगै सुरु भएको छ यो अंग्रेजी वर्षमा प्रचलनमा आउने विभिन्न पर्यटनका ट्रेृण्डको चर्चा । बेलायतको विश्व च्यानल बीबीसीले सन २०२५ मा चर्चामा आएको सात पर्यटन ट्रेण्डको चर्चा गरेको छ । यहाँ त्यसैको बुँदागत चर्चा गरिएको छ ।
१.नक्टुरिजम
रातीको समयमा गरिने कामलाई नक्टरनल भनिन्छ । टुरिजम भनेको पर्यटन भइहाल्यो । यि दुई शब्द जोडेर बनाइएको हो नक्टुरिजम । रातीको समयमा हुने पर्यटन गतिविधि, रातीनै खुला खुने संग्रहालय तथा अरु पर्यटन गतिविधिहरुलाई जोड्ने शब्द हो नक्टुरिजम । सन २०२५ मा यो चलन व्यापक हुने बताइएको छ ।
२. काल्माकेसन
काम अर्थात शान्त भएर गरिने भ्याकेसन अर्थात विदाहरुको संयोजनले यो शब्द बनाइएको छ । सन २०२५ मा यो प्रचलन व्यापक हुने बताइएको छ ।
३. एआईले भरिभराउ भ्रमण
अबको भ्रमणको दुनियाँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् किर्तिम प्रज्ञाको क्षेत्र व्यापक हुने बताइन्छ । खासगरि सन २०२५ मा यो बढ्ने छ ।
४. होलिडे रोमान्सको प्रारम्भ
अहिलेका नयाँ पुस्ताहरु डिजिटल डेट गरिरहेका छन् । तर, त्यसबाट वाक्कदिक्क भएकाहरुले अब पुनः फिजिकल डेट गर्ने बताइन्छ । फोब्र्स हेल्थ सर्वेको सन २०२४ को रिपोर्टले ७९ प्रतिसत जेनजीका पुस्ताहरु अन्लाइन डेटबाट वाक्क भएको देखाएको छ । उनीहरुले अब पुरानै शैलिकको होलिडे रोमान्स सुरु गर्ने बताइएको छ ।
५. गुमनाम गन्तव्यको मुलधारिकरण
वर्ष २०२५ मा चल्ने पर्यटन प्रचलनमा एक गुमनाम गन्तव्यहरुको मुलधारिकरण हो । धेरै नपुगेको, धेरैले नहिँडिेको क्षेत्रहरुमा पुग्ने तहर यो वर्ष बढ्ने बताइएको छ ।
६.अफ सिजन सफारी
घुमन्तेहरुले यो साल सिजनमा नभएर अफ सिजनमा यात्रा गर्ने देखिएको छ । सिजनमा गर्नेहरु जस्तै अफ सिजनमा पनि यात्रा गर्ने प्रचलन सुरु हुने बताइएको छ ।
७. नोस्टाल्जिया गन्तव्य
आफ्नो युगका हिट गीतहरुले बताएको गन्तव्यमा हिँड्ने प्रचलन यो वर्ष चल्न सक्ने बताइएको छ । गत वर्ष टेलर स्विफ्टको उदाहरण दिएर सन १९९० को दशकका हिट ट्रेृण्ड चल्ने संभावना बताइएको छ।