काठमाडौं । नेपालको पर्यटकिय ‘राजधानी’ पोखरमा यहि जनवरी १० बाट २१ सम्म स्काइ डाइभ हुने भएको छ ।

सिम्रिक एयरको हेलिकप्टरबाट हाम फालेर आयोजना हुन लागेको स्काइडाइभको टिकट क्रमशः ९५ हजार देखि १ लाख १५ हजार सम्म रहेने छन् । पोखराको लाउरुक क्षेत्रमा आयोजना हुने स्काइडाइभको नेतृत्व नेपाली प्रशिक्षक एलिस थापाले गर्ने भएका छन् ।

त्यसको लागि हालसालै सामुहिक स्काइडाइभ कार्यक्रम पनि आयोजना भइसकेको छ । एलिससँगै नेपाली अन्य प्रशिक्षकहरुमा सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको प्रथम महिला प्रशिक्षक यसोदा केसी रहेका छन् । यस अगाडि स्काइडाइभ गर्नलाई विदेशी प्रशिक्षकहरु आउने गरेका थिए ।