इटहरी | इटहरीमा कोशी प्रदेशका पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पदमार्गमा आधारित पर्यटनको व्यवसायिक प्रवर्धन सम्बन्धमा सार्वजनिक निजी संवाद गरिएको छ ।
इटहरीमा एक कार्यक्रम आयोजना गरि कोशी प्रदेशका पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा पदमार्गमा आधारित पर्यटनको व्यवसायिक प्रवर्धन सम्बन्धमा सार्वजनिक निजी संवाद गरिएको थियोे ।
संवादमा पदयात्रा गर्दाका समस्या, पर्यटन क्षेत्रको प्रकार ,पर्यटनका गन्तव्य ,पदयात्रा गर्दा बासस्थानको व्यस्तता, पर्यटनलाई कसरी आक्रशीत गर्ने लगाएत विषयमा पर्यटन विकास परियोजना (TTDP)का टिम डिलर डाक्टर मान बहादुर विके , पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) पर्यटन संयोजक डाक्टर प्रनिल नेपालले पर्यटन प्रवर्द्धन गर्ने विषय प्रस्तुति गर्नु भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ घोषणा गरेका हुन् । कोशी प्रदेशको ‘पर्यटन वर्ष–२०८२’ घोषणा केवल पर्यटन प्रवर्द्धनका लागि मात्रै नभएर समग्र प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको दृष्टिकोणबाट महत्त्वपूर्ण पहल हो।
चियाबारी पदमार्ग इलाम-फिक्कल-श्रीअन्तु,फाल्गुनन्द पदमार्ग,फिदिम छिन्ताप्पु-सन्दकपुर- माइपोखरी-इलाम (फिदिम-लुब्रेकुरी-सिलौटी पौवाभञ्ज्याङ लोहाकिल-बिखे- छिन्ताप्पु-गुरुवाले सन्दकपुर-माइपोखरी-इलाम)लालीगुराँस पदमार्ग तुम्लिङ्गटार-खाँदबारी-नुम-गुफापोखरी-वसन्तपुर- जलजले-तीनजुरे मिल्के,मुन्दुम पदमार्ग तावा भञ्ज्याङ ट्याम्के डाँडा-चसेवा-डालसिङ्गे-धोत्रे जलजले-हाँस पोखरी-मैयुङ डाँडा- ह्याकुले-रावाधाप-साल्पा पोखरी-सिलिचुङ चुली लगाए क्षेत्रको विषयमा संवाद गरिएको थियोे ।
कोशी प्रदेशले पर्यटन वर्ष–२०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको छ। प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष सफल पार्न यी गन्तव्यहरूको विकास, संरचना निर्माण र प्रचारमा विशेष ध्यान दिने बताए। उनका अनुसार, सरकारले पर्यटन वर्षको लागि १० करोड रुपैयाँको विशेष बजेट छुट्याएको छ भने समग्र पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब ७ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ।
कार्यक्रमको समापन गर्दै पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेश सरकार पर्यटन प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउँदै, सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यले मात्र यी योजनाहरू सफल हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी अध्यक्ष तेजबहादुर पुरी,कोशी प्रदेश भरिका पर्यटन कर्मी ,पर्यटन पत्रकार ,पर्यटन क्षेत्रमा आबद्द व्यक्तिहरू , निजि संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे ।