सुनसरीको बर्जु गाउँपालिका द्वारा बर्जु ताल विकास व्यवस्थापन समितीलाई टिकट काट्ने आधुनिक मेसिन हस्तान्तरण  गरेको छ । तालमा घुम्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएसँगै, पर्यटकहरूसँग लिइएको रकमलाई पारदर्शी बनाउन गाउँपालिकाले टिकट काट्ने आधुनिक मेसिन हस्तान्तरण गरेको हो । बर्जु गाउँपालिकाको नामकरण नै बर्जु तालबाट भएको बताइन्छ । यस ऐतिहासिक तालको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले महत्त्वपूर्ण कार्य गर्दै आएको छ । टिकट मेशीनले भर्पाईमा पारदर्शिता ल्याउनुका साथै, पर्यटकहरूको आवागमनमा सहजता प्रदान गर्ने छ  । ५७ साल देखि बर्जु  तालको व्यवस्थापन व्यवस्थापन समितीले गर्दै आएको छ  ।

मेसिनले टिमटमा पारदर्शी गर्ने बर्जु  ताल व्यवस्थापन समिती अध्यक्ष बिलट शिंह श्रेष्ठले बताउनुभयो । गाउँपालिकाको यो पहलले बर्जु ताललाई पर्यटकीय गन्तव्यको रूपमा अझै लोकप्रिय बनाउन थप सहयोग गर्दै आएको छ । यसले स्थानीय अर्थतन्त्रलाई पनि सशक्त बनाउने अपेक्षा गरिएको छ । टिकटबाट उठेको राजस्व तालको संरक्षण र प्रबर्द्धनमा लगानी गरेर, गाउँपालिकाले विकासमा टेवा पुग्ने बताउदै स्थानिय सरकार संग ताललाई विकास गर्न प्रयाप्त स्रोत साधन नभएको जनाएको छ । अहिले ताललाई बिकास गर्न प्रदेश, संघिया सरकार संग पनि माग गरि रहेको बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले बताउनुभयो ।  बर्जु गाउँपालिकाको प्रयासले तालको प्राकृतिक सौंदर्य र सांस्कृतिक महत्वलाई उजागर गर्दै आगामी पुस्ताहरूका लागि पनि सम्पदाको संरक्षण गर्ने कार्य गरेको छ ।