ताप्लेजुङ भन्नेबित्तिकै धेरैजसोका आँखामा पाथीभरा
मन्दिरको चित्र आउँछ। त्यसैले ताप्लेजुङ धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य हो।
तीन हजार ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा गरेको भाकल पूरा हुने विश्वास छ।
त्यसो त विश्वको तेस्रो अग्लो स्थानमा रहेको
कञ्चनजंघा हिमाल (८,५८६
मि) पनि धेरैजसो पर्यटकको आकर्षणको केन्द्र बन्छ। कतिपयले पाथीभरा मन्दिरबाट
कञ्चनजंघालाई आँखाको लेन्समा कैद गर्छन्। ताप्लेजुङमा तिम्बुङपोखरी, फुङफुङे
झर्ना,
मिल्के जलजले क्षेत्र, सुकेटार
क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् भने तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोला
पनि यही जिल्लामा पर्छ।