भोजपुर / भोजपुर खोटाङ र संखुवासभाको सिमानामा रहेको मुन्धुम पदमार्गलाई विश्व माच चिनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका टिम सक्रिय बनेको छ ।

सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा आयोजना गरी गाउँपालिकाले मुन्दुम ट्रेल डिपिआर  सर्भे गरिसकेको छ । जसमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -३ का वडा अध्यक्ष पुर्ण प्रसाद राईको संयोजकत्वमा तावा भन्ज्याङ देखि गाउँपालिकाको टिमले मुन्धुम ट्रेललाई मुन्धुम ट्रेलको विकास निर्माण विस्तृत परियोजना प्रतिवेदन डिपिआरको सर्वेक्षण गरिसकेको  छ ।

गाउँपालिको टिमले सर्वे गरिसकेपछि सन् २०२५  मुन्धुम ट्रेल वर्ष मनाउन अझ्झ सहयोग गर्ने भएको छ । ट्रेलमा टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँगै तीन वटै तहका सरकारले यो क्षेत्रको विकासमा जोड दिएका छन् ।

पदमार्गमा निर्माणको काम के कसरी थाल्ने र यस अघि भएको डि पि आर लाइ भेरीफाइ गर्न स्विजरल्याण्ड सरकारको प्रतिनिधि जोशेफ जिम्मरम्यान र नेपाली अधिकारी शुशिल श्रेष्ठ लगायत ईन्जिनियर शुभ नारायण  मन्डलको  १६ जनाको टोली सहित आज शनिबार  भरीफाई ३ दिनमा सक्ने गरी मुन्धुम पदमार्गमा टोलि लागेका छन् ।

टोलीले पदमार्गको भेरीफाई गरेर आउने भएको टेम्केमैङ गाउँपालिका वडा नम्बर - ९ का वडा अध्यक्ष वडाध्यक्ष नभराज माङ्पाहाङ्ले जानकारी दिनु भयो । 

गाउँपालिकाले यहीँ कात्तिक महिनामा फाम ट्रिप कार्यक्रम आयोजना मुन्धुम पदमार्ग भ्रमण गर्ने योजना रहेको टेम्केमैङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनु भयो । पदमार्ग थप विस्तार तथा पुनः निर्माण, स्थानीय बस्तुकला, सूचना बोर्ड, खानेपानी, सौचालयलगायत संरचना निर्माण गरिने  भएको उहाँको भनाइ छ । 

मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका उपाध्यक्ष रमा देवि राईले जानकारी दिइन् ।

मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले  सात वर्षदेखि ट्रेलको प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन थालिएको बताए।