बराहक्षेत्र / आज श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवानको जन्मोत्सव वराह भगवान् विराजमान हुनुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी मनाएको छ। श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान वराहको जन्मोत्सवको रुपमा मनाउने परम्परा रहेको छ ।
वराह जयन्तीको अबशरमा मङलवार सांझ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित मन्दिर परिसरमा महाआरती गरिएको थियो ।भन्ने आज जयन्तीको दिन मङल यात्रा उत्सव, प्रात: कालिन भगवानको स्नान यात्रा , दुग्ध अविशेक पछि विशेष पुजा अर्चना गरिने छ । मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चना गरेर विशेष पूजा गरेर भगवान् बराहको जन्म उत्सव मनाइने गरिएको छ । प्रेमको प्रतीक समेत मानिने भगवान् बराहको जन्म जयन्तीको दिन भगवान् बराहको नाममा व्रत बस्ने, अर्चना गर्ने प्रचलन समेत रहेको छ ।