इटहरी / हिमाली पर्यटनमा नामी मुलुक हो भुटान । यो देशमा महँगो प्रकारका पर्यटकहरु पुग्ने गर्छन् । चानचुन आठ लाख जनसंख्या भएको यो देश कोशी प्रदेश भन्दा सानो देश छ आकारदेखि जनसंख्यासम्म । तर, यहि मुलुकमा पर्यटनका गतिविधिहरु धेरै हुन्छन् । पर्यटकहरु धेरै ल्याउने मुलुक हो भुटान । भुटानी अंग्रेजी भाषाको अखबार कुन्सेलका अनुसार भुटानमा १७७७ पर्यटक गाइइ छन् । १२० होमस्टे छन् । ३८४ तारे होटल छन् । एजेन्ट भने ९५० वटा छन् । गत मे महिनामा १६६०० पर्यटकहरु आएको भुटानमा पछिल्ला पाँच महिनामा ६४९४१ पर्यटकहरु पुगेका थिए ।