काठमाडौँ । नेपाल विश्वको प्रमुख बाघ गन्तव्यको रुपमा चित्रित भएको छ । लोन्ली प्लानेट नामको विश्वको चर्चित पर्यटन पोर्टलले यस्तो गन्तव्य सूची सार्वजनिक गरेको हो । हालसालै सार्वजनिक भएको सूची अनुसार नेपालको चितवन राष्ट्रिय निकुन्ज बाघ हेर्न पाइने विश्वको शिर्ष तीन गन्तव्यमा परेको छ ।

नेपाल भन्दा अगाडि भारतको उत्तराखण्डको जिम कोर्बेट राष्ट्रिय निकुन्ज तथा बंगलादेशको सुन्दर वन क्षेत्र छन् । सन २०२४ मा जंगली बाघ हेर्ने प्रमुख गन्तव्यको रुपमा नेपाल सूचीकृत भएको हो । यो सूचीकरणले नेपालको पर्यटनमा फाइदा पुग्ने पर्यटन क्षेत्रका जानकारहरुको प्रतिकृया छ । तर, बाघ पर्यटनको फाइदमा बाघ पाउने स्थानकै स्थानिय व्यवशायी तथा सर्वसाधारणलाई हुनुपर्ने धेरैको माग छ ।