इटहरी / सुनसरीको इटहरीमा परम्परागत तथा लोपोन्मुख बन्दै गई रहेका खाना परिकारहरुको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा जोड दिदै दोस्रो इटहरी परम्परागत खाना महोत्सव सुरू भएको छ ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा  होटल तथा लज व्यवसायी समिति र इटहरी फुटवल संघको सहआयोजनामा  फागुन १ देखि ११ गते सम्म सञ्चालन हुने भएको छ । महोत्सव इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरेका थिए । महोत्सवले स्थानीय क्षेत्रका पर्यटनहरूको विकासमा सहयोग हुने नगर प्रमुख पौडेलले बताउनुभयो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आइतबारेमा सञ्चालन भएको परम्परागत खाना महोत्सवका परम्परागत रुपमा खाइने जातिय खानेकुराहरुको प्रवद्र्धन र संरक्षणमा जोड दिदै महोत्सव आयोजना गरिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले बताउनुभयो ।

पर्यटन प्रवद्र्धन ,खाना संस्कृतिको विकाससँगै लोपोन्मुख बन्दै आइरहेका खानाहरुको संरक्षणका लागि यस क्षेत्रमा बसोवास गर्ने विभिन्न जातिका मानिसहरुका जातिय परिकारहरु समेत महोत्सवमा स्टल राखिएको छ ।

महोत्सवमा होटल तथा लज व्यवसायी समितिका अध्यक्ष तथा महोत्सवका संयोजक उमानाथ दाहाल , होटल व्यवसायी रविन गौतम,होटल तथा लज व्यवसायी समितिका महासचिव दिपक पोख्रेल  ,आन्तरिक पर्यटक , पर्यटन व्यवसायी ,होटल व्यवसायीहरु सहभागीता रहेको थियोे ।IMG_20240214_172054