इटहरी पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको  छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर मेला महोत्सव तथा अन्य काममा खर्च गर्ने प्रवृत्ति देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्नुपर्ने आवाज उठन थालेको छ । हाल देशभित्र विभिन्न नाममा खुलेका ६० वटा जति संस्थाले पर्यटन प्रवद्र्धनको काम गर्दै आएको दावी गर्ने गरेका छन्। तर बोर्डले त्यस्ता संस्थालाई उपलब्ध गराउने रकम फजुल काममा खर्च भएका छन् ।

पछिल्लो पटक मात्रै रु पाँच करोड बढी  रकम अनुत्पादक क्षेत्रमा मेला का नाममा खर्च भएको पाइएको हो । राजनीतिक दलका भ्रातृ संस्था जसरी खोलिएका संस्थाले समेत बोर्डबाट रकम लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरेका छन् । त्यस्ता संस्थाले गर्ने खर्चको रकमको उपादेयता नभएपनि बोर्ड आफैंले रोक लगाउन भने सकेको छैन ।

अत्यावश्कीय पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने भएपनि  अनुत्पादक क्षेत्रमा बढी खर्च भएको छ । पर्यटन बोर्ड र स्थानीय सरकार लगायत निकायबाट बजेट लिने अनि मेला लागाउने ठेक्का दिने र पर्यटन प्रवद्र्धन का नाममा जुवा, खेलाएर पैसा कमाउने क्रम बढ्दो छ । 

               नेपालको पर्यटन ब्राण्ड नेचर, कल्चर र एडभेन्चर हो । यि ब्राण्ड बेच्ने बजार भारत, चीन र अरु सार्क देशका साथै विश्वका धनि आयस्रोत भएका देशहरु हुन् । ती देशका पर्यटकहरु नेपाल ल्याएर उनीहरुलाई  नेपाल घुमाएर खर्च गर्ने वातावरण बनाउन पर्यटन बोर्डको देखिने योगदान छैन । विभिन्न मेला महोत्सवहरुमा जोडिने र पर्यटनको हल्लाहल्ला गर्ने बाहेक बोर्डबाट स्तरिय काम नभएको स्वयं पर्यटन क्षेत्रका जानकारहरुको दुःखेसो छ । बीस लाख पर्यटक ल्याउने लक्ष्य  लिएर अगाडि बढेर नेपाल सरकारको लक्ष्य भेट्टाउने खालका गुणत्मक गतिविधिहरुमा पर्यटन बोर्ड कमजोर देखिएको छ । कार्यकाल गुजार्न, बजटे फच्र्यौट गर्न र काम गरेको जस्तो गर्न मात्रै कामहरु हुँदै आएको पर्यटक क्षेत्रका सरोकारवालाहरुको गुनासो लामो समय देखि रहँदै आएको छ ।