झापा / वरिपरी वन जङ्गलको साथ अनि मनै छुने चराचुरुङ्गीको आवाज । चरे पहाडको फेद । केही सानो वस्ती अनि नजिकै कलकल बग्ने कनकाईको पानी । त्यहीँ पानिमा माझी दाईहरूले माछा मारेको हेर्दा रमाउने पर्यटक । त्यहीँ माछा मारेको हेर्दा घुम्ने व्यक्तिलाई त्यहीँ बसौं बसौं लाग्ने ठाउँ । तीन तिरबाट पहाड घेरिएको स्थल । नेपालीहरूको नयाँ र अङ्ग्रेजी वर्षको नयाँ आन्तरिक तथा बाह्य पर्यटकको मन तान्ने ठाउँ । 

दोमुखा मनोरम दृष्यावलोकन गर्न सकिने झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर १० पर्यटकीय हिसाबले निकै महत्वपूर्ण सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ । पुर्वको यो प्राकृतीक रमणीय स्थलबाट ईलामको हरियो बन र तराईको समथर भुभाग देख्न सकिन्छ । पुर्व कनकाई नगरपालिका र उत्तरमा ईलामको माई नगरपालिकाको सिमानामा पर्ने यो स्थल दक्षीण र पश्चिममा शिवसताक्षी नगरकै भुभाग पर्छ ।

दोमुखा पर्यटकीय स्थलका रुपमा मात्र होइन । फलफुल तथा कृषी उत्पादन तथा धार्मीक हिसावले पनि उत्तिकै महत्वपुर्ण ठहरीएको छ । निकै आकर्षक, मनमोहक र सुन्दर दृश्य देखिने दोमुखामा बार्है महिना सर्वसाधरणले चिसोको अनुभव गर्छन । हिम श्रृङ्गखला बाट तराई झरेकी कनकाई माईको चिसो कलकलाउने पानीले यहाँ आउनेलाई सितलता प्रदान गर्छ ।

२०३३ सालमा कोरीयाली सरकारले निर्माण गरेको कन्काई सिचाई प्रणालीको हेडबक्स ले दोमुखाको सुन्दरता थपिएको बताउछन स्थानीय बासीन्दा ।

उत्तरमा हरियो पहाड दक्षीणमा तराईका परम्परागत रुपमा निर्माण भएका घर टहराले सहरिया जिवनेलाई मन्त्र मुग्ध बनाउछ । दोमुखा धार्मीक तथा पर्यटकीय बिकास संस्थाले दोमुखाको रुप परिवर्तन गरेपछी त आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य नै दोमुखा भएको बताउछन यहाँका स्थानीय । साख गरि झापा, मोरङ्ग र सुनसरी जिल्लाका स्थानीय दोमुखा आउन रुचाउछन । सुनसरीको इटहरीबाट गएका सुबास खति भन्छन् दोमुखा जस्तो प्राकृतीक दृश्य देखीने पर्यटकीय स्थल पुर्वमा कहि छैन ।दोमुखा Dumukha

दोमुखामा पछिल्ला वर्षदेखी भौतिक पुर्वाधार पनी थपिएका छन । वालवालिकाका लागि चिल्ड्रेन पार्क, युवायुवतीका लागि प्राकृतिक भुभाग, वृद्ध वृद्धाका लागि चौतारी र नवदुलाह दुलहीका लागि बैष्णो देवी माता मन्दिर बनेपछी सवै उमेरका सर्वसाधरण दोमुखा आएर आनन्द लिने गरेका छन । 

सरकारी तथा गैह्र सकारी संस्थाका कर्मचारी, फेम्ली लगायत अन्य सामाजिक संघ संस्था, सामुदायीक विद्यालय र संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी अनी अभिभावक दोमुखा आउने गरेका छन । 

शनिबार सार्वजनिक  छुट्टिको दिन यहाँ आन्तरिक पर्यटको लागि मनै तान्ने गर्छ ।  साताको १ दिन शनिवार मात्र २० हजार ४०  हजार सम्म आन्तरिक पर्यटक आउने गरेका छन् । पछिल्लो समय त पुस,माघ, साउन र भदौमा पानी खेल्ने आन्तरिक पर्यटक चिसो र वर्षाका कारणले प्रभावित भएपनी अन्य ८ महिना उत्तिकै भेटिन्छन ।

सप्तरी, सिराहा, धनकुटा, ईलाम मात्र होईन दोमुखा आउने वाहिय पर्यटकको संख्या पनि उत्तिकै छ । दोमुखामा आउने सवै भन्दा धेरै बाह्य पर्यटक भारतीय नागरिक हुन । यो संख्या पनि पछिल्ला वर्ष देखी बढेको छ । आसाम, मणीपुर, दार्जेलिङ्ग, गान्तोक, सिक्कीम, सिलीगुडी देखीका वाहिय पर्यटक बनभोजका लागि बासै वस्ने गरि आउने गरेको समितिले जनाएको छ  ।

जुन ठाउँमा आन्तरिक मात्र नभएर बाह्य पर्यटकका लागि पर्ने घुम्ने पर्ने गन्तव्य भन्छ । यहाँ शनिबार र सार्वजनिक छुट्टीको दिन प्रेमी प्रेमीका लागि मनै लोब्याउने गर्छ भने समुह र विद्यालयबाट टोलीनै आउँछन् ।

दोमुखामा आएर गीत बजाएर नाच्नु छुट्टै मजा हुने गरेको बताउछन् इटहरीका नवीन खत्रि । उनका अनुसार दोमुखा हाम्रो लागि पहिलो रोजाईको पर्यटकीय स्थल हो । दिनभर दोमुखा परिसरमा बनभोजमा रमाएर कनकाई नदिको कलकलाउदो पानीमा माछा पार्ने आन्तरिक पर्यटकको दोमुखामा कमी छैन । दिनहुँ युवा युवती रमाईलोको लागि नजिकैको कनकाई नदिमा पाईने माछा सँग रमाउछन । 

दोमुखा देखी उत्तर तर्फको चुरे पहाड मा मोटरेवल सडक छ । कतिपय युवायुवती त्यै सडक हुदै चुरेको जंगलमा चरा चुरुङ्गी हेर्न जाने गरेका छन । पौड्यालका अनुसार स्थानीयले सरसफाईमा ध्यान दिए १ नम्बर प्रदेशको पहिचान का रुपमा दोमखा स्थापित हुन्छ । पुर्वपश्चिम राजमार्ग देखी ४ किलो मिटर पश्चिमी रतुवामाई वृक्षारोपण आयोजनाको जंगल र पुर्व तर्फको मानव वस्ती छिचोले पछि दोमुखा पुग्न सकिन्छ । सरकारले दोमुखा र पुर्व तर्फको धनुषकोटी धाम जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरेपछी सेल्फी खिच्नेको भिड नै हुन्छ । 

भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारमा स्थानीय सरकारले प्राथमिकता नदिएको स्थानीयले गुनासो गरेका छन् । दोमुखा आउनेहरुको संख्या वर्षेनी बढ्दै गए पनि सरकारले पर्यटकीय गन्तव्यमा यो क्षेत्रलाई पार्न नसकेको बताउछन स्थानीय । बैसाख १ र माघ १ अर्थात माघे सक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ । 

पर्यटनको प्रचुर सम्भावना रहेको यस स्थानमा आवश्यक भौतिक संरचनाको निमार्ण गरि स्थानीय तहले नियमित आन्तरिक आम्दानीको श्रोतको रुपमा विकास गर्न आफू लागि परेको नगरपालिकाले जनाएको छ ।