संवातदाता : सिताराम चन्द्रवंशी
सुनसरी / सुनसरीको लोकप्रिय रामधुनी धर्मिक तिर्थ स्थल रामधुनी नगर पालीका वड न .४ अवस्थीत मा रहेकोे छ। यहाँ अहिले दिनहुुँ अन्तारिक पर्यटन तथा बह्यय पर्यटन को निकै बढीरहेको पाइन्छ । उक्त धर्मिक स्थल मा विभिन्न ठाउँबाट पर्यटनहरु को भुइँचो देख्न पाइन्छ । जाडाे बढे संगै बनभोज को लागि र यहाँ का ऐतिहासिक धर्मिक स्थल बारे बुझ्न् र जान्न विभिन्न उद्देश्यले उत्साहीत भएर विभिन्न जिबजन्तु , बिसयबस्तु अवलोकन , तथा खोज अन्वेषण को लागि र ऐतिहासको लागि यस ठाउँ निकै प्रभाबसाली मानीन्छ ।
चारै तिर बन ले घेरिएको सुनसरि खोला को माझ मा रहेको रामधुनि क्षेत्र मा पशु-पन्छी , गाइ , वाँदर , जरायो , परेवा जस्ता धेरै जिवजन्तु संरक्षित रूपमा छ । यहाँ करिब १०० भन्दा बढी गाइ पाली दुध तथा गाैमूत्रा को लागि आम मानीस लाई सेवा पुर्याइरहेको छ । रामधुनी मन्दिर क्षेत्र भित्र आकर्षक मुर्ति , पोखरि , इनार जस्ता अन्य दृश्य अवलोकन गर्न पाइन्छ । यहाँ पर्यटन को चाप बाढे संगै स्थानियको ब्यावसाय पानि फस्टादै गइरहेको छ ।
यस क्षेत्र अझ व्यवस्थित बनाउन घेरवार तथा भवन निर्माणका कार्य भइरहेको छ ।यहाँ बर्सेनि करिब ३पटक भन्दा बढि मेला लाग्ने गर्छ, रामधुनि तिर्थको लागि बिभिन्न ठाउँबाट मानिस हरु आउने गर्दाछ्न् , यस क्षेत्र मा भएको विभिन्न गतिविधि रामधुनि ब्याव्स्थापन समितीले गर्ने गर्दाछ । विगत लामो समय अघि रामधुनि क्षेत्रमा श्री राम जि ले बिस्वमन्त्र गुरु को लागि धुनि बाल्नु भएको थियोे । त्यो धुनी अझ सम्म पनि बलिरहेको छ , अखन्ड धुनी यो सधैं बलिरहन्छ ।झुम्काबजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा त्रेतायुगदेखि रामधुनीस्थल रहेको छ ।
भगवान रामचन्द्र वनवास गएकाबेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एकरात बास बस्दा जलाएको अखण्ड धुनी अद्यापि जलिरहेको विश्वास छ । पूर्वाञ्चलकै प्रसिद्ध तीर्थस्थलकोरुपमा स्थापित रामधुनी मन्दिरमा बाल ब्रह्मचारी पूजारी रहँदैआएका छन् ।
रामनवमी, विवाह पञ्चमी, वालाचतुर्दशी र अन्यबेलामा पनि धर्मावलम्बीहरुको घुइँचो लाग्नेगर्छ । नेपाल गुठी संस्थानअन्तर्गत रहेको सो धार्मिकस्थलमा दैनिक धर्मावलम्बीहरु पुग्ने गर्छन् । आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको पूर्वाञ्चलकै केन्द्रकोरुपमा सो क्षेत्र स्थापित भइरहेको छ ।
स्थानीयकाअनुसार भगवान रामचन्द्रले बालेको अखण्ड धुनी कहिलेकाहीं निभ्ने गरेको छ । सो धुनी निभेमा धरानस्थित पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड दीपबाट प्रज्वलित गर्नुपर्ने परम्परा रहँदैआएको छ । रामधुनीमा बास बसेकाबेला भगवान रामले छाडेको खराउ र रथका पाङ्ग्रा अझै त्यहाँ देख्न पाइन्छ ।
भगवान रामको पाउ स्पर्स भएको यस पवित्र भूमिमा तत्कालिन समयमा ध्यानमा लिन बाबा बनखण्डीले सो अखण्ड धुनीलाई निरन्तर जलाएका थिए । सो धुनीबाट निस्केको खरानीलाई प्रसादकोरुपमा मन्दिरबाट आगन्तुकलाई दिने प्रचलन छ ।
रामधुनी मन्दिरको दर्शन गर्ने र धुनीबाट जलेको खरानी प्रसादकोरुपमा ग्रहण गर्नाले मनले चिताएको फल प्राप्त हुनेगरेको विश्वास धर्मावलम्बीहरुबीच छ ।
सो धार्मिकस्थल रामधुनीमा मुख्यगरी धुनी मन्दिर र दरवार मन्दिर छ । धुनी मन्दिरमा सधैं सालको मूढो सल्काएर राख्ने प्रचलन छ । त्यो जलिरहन्छ र त्यसबाट निस्कने खरानी नै धर्मावलम्बीका लागि मुख्य प्रसाद हो । त्यस्तै, दरवार मन्दिरभित्र शिवलिङ्ग, दुर्गा, चन्द्र र सिंह, बाबा बनखण्डीको मूर्ति राखिएको छ ।
घना सालको जंगलबीचमा अवस्थित सो मन्दिर क्षेत्रमा एकदिन बाबा बनखण्डीले आफ्नो चिम्टा रोपेर सालको रुखलाई आँपको वृक्षमा परिणत गरेका थिए । अहिले मन्दिर परिसरमा ठूलठूला आँपका रुखहरु हेर्न पाइन्छ । साल र आँपका ठूला र पूराना रुखहरु सँगसँगै लहरै रहेका छन् । केही समयसम्म मन्दिर परिसरका आँप र सालका रुख काट्दा रगत आउने गरेको मन्दिरका पूजारी उदासी सम्झिन्छन् ।
मन्दिरको उत्तरी छेउमा पोखरी निर्माण गरिएको छ । सो पोखरीको पानी कहिल्यै नसुक्ने विश्वास गरिन्छ । तर संरक्षणको अभावमा पोखरीको पानी प्रदुषित बन्दैगएको छ ।
प्रख्यात तीर्थस्थल रामधुनीको व्यवस्थापनका लागि हाल रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समिति बनाएर पूर्वाधार निर्माणको काम भइरहेको छ । अहिले सुनसरीको झुम्काबजारदेखि मन्दिर परिसरसम्मको सडक कालोपत्रे गरिएको छ । बाटोको सुविधाले भक्तजनलाई दर्शनकालागि जानआउन सुविधा भएको छ । सो क्षेत्र विवाह र वनभोजका लागि पनि प्रख्यात छ ।
चुनौती हरु
सो धार्मिकस्थलमा टेलीफोन सम्पर्क नहुने हुनाले केही समस्या देखिएको छ । जंगलको बीचमा रहेको सो मन्दिरमा आउनेजाने महिलामाथि दूव्र्यवहार हुने, लुटपाट र चोरीसमेत हुनेगरेको अवस्था छ ।
सुधार्नुपर्ने पाटो
दर्शनाभिलाषीको भौतिक सुरक्षा तथा मन्दिरको पूर्वाधारको संरक्षण र सम्बद्र्धनमा ध्यान दिन जरुरी छ । मन्दिर आफैमा पवित्र धार्मिकस्थल भएकाले मन्दिर परिसरमा सरसफाई हुन अनिवार्य हुन्छ । तर त्यहाँ सरसफाईमा खासै ध्यान दिन नसकेको अवस्था छ
धर्मावलम्बीकालागि नुहाउने गर्ने मन्दिरको उत्तर–पश्चिममा सानो खोला रहेको र त्यसलाई नुहाउन कालागि व्यवस्थित बनाउन सकिएको छैन । मन्दिरको छेउमै रहेको पोखरीको सरसफाई र त्यसको व्यवस्थापनको खाँचो अझै छ ।