सुनसरी / माघ १ गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्र धाममा भिड लागेको छ ।  माघ १ गतेबाट सुर्य मकर रासिमा प्रवेश गर्न भएकाले यसलाई मकर संक्रान्ति भन्ने गरिन्छ ।

सुर्य उत्तारक हुन्छ र देवताहरु जागृत हुने भएकाले  ठुला तिर्थ र तलाऊमा गएर स्नान गर्दा अरुबेलाका भन्दा हजार गुणा बढि पुन्य मिलने पण्डित योगश भण्डारीले बताए । उनी भन्छन् ” कोशिकी तिरे  कोका नदि संगमे मगर संक्रान्ति य कोरिती ” संस्कृत भाषामा उल्लेखित रहेको सिलोकका अनुशार यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइन्ने छ । यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे बिगतका गरेको गल्तीबाट मुक्ति र ध्यन भइने मान्यता रहेको छ ।

शरिरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् । भने शुद्ब मनले स्नान गरे वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हने जनबिश्बास र किमदन्ति समेत रहेको छ ।त्यस कारण मेला भर्न मकर स्नान गर्न नेपालबाहिरबाट पनि तिर्थालुहरु आउने गर्दछन् । माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ।

माघ १ गते वराहक्षेत्र धामको कोका कौशीको संगममा स्नान गर्न देश बिदेशबाट भक्तजन आएको संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताए । तर बिगतको बर्षमा भन्दा सङ्ख्या कमि आएको उनले बताए ।

सनातनकालदेखि स्नान गर्ने पर्वको रुपमा मनाउने माघे मेलाको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ ।सोही अबशरमा हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने माघे संक्रान्ति मेला संसारमै प्रसिद्ध छ ।

मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेका अनुसार मेलामा करिब १ लाख तिर्थालु आएको अनुमान गरिएको छ । मकर स्नानसंगै मेलामा स्थानिय क्षेत्रमा उत्पादित बस्तुसंगै  होटल, प्रसाद, फलफुल, तरुल, वदाम, सुन्तला जस्ता बस्तुहरुको समेत व्यापार बढ्ने छ ।  माघ संङ्ग्रान्तिका दिन लाग्ने माघेमा मेला तरुल, सुढुनी, बदाम , सुन्तला जस्ता वराहक्षेत्रसंग जोडएको धनकुटको सुन्तला, सुर्यकण्डका हर्दि , अदुवा जस्ता बस्तुहरु आगन्तुको रोजाईमा पर्ने गर्दछ।