मोरङ / मोरङको रंगेली नगरपालिका–७ स्थित संसारी माइस्थान मन्दिरमा  स्वच्छ मनले देवीसँग पुकार गर्दा आफ्ना समस्याहरू हल हुने आस्था रहने गरेपछि दैनिक भक्तजनको उपस्थिति बढ्न थालेको हो ।

विशेष गरी संसारी मन्दिरमा बलीप्रथाको चलन चल्दै आएको छ। बोका, परेवा, नरिबल, श्रृङ्गारको समान, फूलपाती र लड्डु , सुनचाँदी एबम् आफूले भाकल गरे अनुसारको सामाग्री चढाउने गरिन्छ । बली चढाउने विशेष दिन शनिबार र मङ्गलबार रहेको छ। शनिबार बोकाको वली १२० देखि २०० वटासम्म सम्म हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजीव श्रेष्ठले जानकारी दिएका छन् ।