चितवन / नेपालको स्थापित होटल चेन बाराहीले नेपालको गोल्डेन ट्रयाङ्गलका सबै स्थानमा आफ्नो उपस्थिति जनाएको छ । आज भन्दा झण्डै चार दशक अगाडि पोखराबाट सुरु भएको बाराहीले चितवन र काठमाण्डौमा पनि उपस्थिति जनाएसँगै यसको उपस्थिति नेपाली पर्यटन क्षेत्रको प्रमुख त्रिकोणका पोखरा, चितवन र काठमाण्डौ सबै क्षेत्रमा पुगेको हो ।              बाराहीको पोखरा होटल लेकसाइडमा, चितवनको होटल मेघौलीमा तथा काठमाण्डौको होटल ठमेलको सार्क सचिवालयसँगै रहेको छ । बाराही हस्पिटालिटी तथा लिजरका सेल्स तथा मार्केटिङ प्रमुख निश्चल राईले बाराहीका सबै तीनै होटल लिने पर्यटकहरुको संख्या झण्डै २५ प्रतिसत भएको बताए ।

Messenger_creation_40876755-b45e-42f8-becd-b73bc51f3d0f 1

चितवनमा पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै राईले यो प्रतिसत बढ्दो क्रममा रहेको बताए । यस्तै बाराही समुहका कर्पोरेट डिरेक्टर योगेन्द्र थापाले बाराहीमा स्वदेशी तथा विदेशी गरेर झण्डै आधा आधा उपस्थिति हुने बताए । यि तीन मुख्य होटल तथा लज बाहेक बाराहीका व्यन्जन रेस्टुरेन्ट, साराङकोट माउन्टेन लज, आवाश पोखरा, दि बिच एण्ड बार लज आदि संचालनमा छन् । मुलतः चार तारे सेवामा चिनिएको बाराहीको पाँच तारे होटल पोखराको सेदीमा निर्माणाधिन छ । यस्तै मुस्ताङ देखी खुम्बुमा पनि बाराहीको उपस्थितिको तयारी भएको बाराहीका संस्थापक हरि पौडेलले बताए ।