काठमाण्डौ । सन २०२५ मा हवाई यात्रुहरुले चढ्न नहुने विमान कम्पनीहरुमा नेपालको यती एयरलाइन्स पनि परेको छ । टकरन्यूज डट कोले सोमबार सार्वजनिक गरेको सूचि अनुसार नेपालको यती एयरलाइन्स उक्त सूचिमा परेको छ । एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर बनाइएको सूचिमा यती एयरलाइन्स पनि परेको हो । सात स्टारमा तीन भन्दा कम ल्याउने तीन एयरलाइन्समा यती परेको हो ।        समाचारमा  उल्लेख गरिए अनुसार इन्डोनेसियाको लायर एयर, नेपालको यती एयरलाइन्स र पपुवा न्यू गीतिको पिएनजी एयर चढ्न नहुने तीन हवाई कम्पनीमा परेका हुन् । यतीबारेको व्याख्यामा नेपालको औसत भन्दा माथिको हवाई सुरक्षा भएपनि नेपालको जटिल भूबनोट देखी यती एयरलाइन्सको घातक दुर्घटनाका इतिहासले गर्दा चढ्न नहुने भनेर व्याख्या गरिएको छ ।

Screenshot_2024_0111_211435