झापा / झापाको सालबारी पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षणको केन्द्र बन्दै गएको छ । 

अर्जुनधारा नगरपालिका स्थित सुखानी शहीद स्मृति पार्क झापाको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । झापा विद्रोहका ५ जना शहीदको प्रतिमासहितको सो पार्कले झापाको उदयमान पर्यटकीय क्षेत्रको परिचय बनाइसकेको छ ।

Screenshot_2024_0111_205844

पार्कमा मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकनसमेत गर्न सकिन्छ । जङ्गलभित्र सुन्दर र आकर्षक बाटोको निर्माण, ५ शहीदहरूको मूर्ति, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक काठको पुल रहेको सालबारी आन्तरिक तथा बाह्य पर्यटककोे रोजाइ बन्न थालेको छ । 

यहाँ आउदा छुट्टै आनन्दीत मनोरञ्जन लिन सकिने र कक्षा कोठामा सिकेको शिक्षा भन्दा घुमेर अनुभव गरेर सिकेको ज्ञान महत्त्वपूर्ण हुने इटहरीको बाल विकास ईङ्गिलश बोर्डिङ स्कुलबाट सालबारी पुगेकी विधार्थी लक्ष्मी कटुवालले बताएइन् ।

Screenshot_2024_0111_205823

सालबारी विधार्थीहरुले भर्पुर मनोरञ्जन लिइरहेको तथा सालबारीमा बनभोजखानेहरुको भिड रहेको तथा बन भोजको लागि उपयुक्त रहेको छ । यहाँ सालका बोट बिरुवाहरुको संरक्षण गरिएको देखिएको बाल विकास ईग्लिश बोर्डिङ स्कुल इटहरीका शिक्षक नारायण कुमार सन्जेलले बताए ।

अहिले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक सुखानी शहीद स्मृति पार्क आउने गरेका छन् ।यस क्षेत्रमा २२ हेक्टर जमिनलाई संरक्षण गरी वनभोज तथा अध्ययन स्थलको रूपमा पनि विकसित गरिएको छ । पार्कसँगै रहेको कछुवा उद्धार तथा प्रजनन केन्द्र पनि जैविक विविधताबारे अध्ययन गर्ने थलो हो ।झापाको सालबारीे

शहीदको योगदानको सम्मान र वातावरणीय संरक्षणका लागि पार्क स्थापना गरिएको व्यवस्थापन समितिको भनाइ छ । पार्कलाई सबैको साझा र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सरकारी तथा विभिन्न निकायसँग पनि समन्वयको प्रयास भइरहेको समितिले जनाइएको छ।

जङ्गलको बीच र शान्त स्थलमा रहेकाले शहीद उद्यान पर्यटकीय क्षेत्रका रूपमा स्थापित हुने सम्भाव्यता प्रशस्त रहेको स्थानीयको भनाइ छ । अहिले यो स्थान मनोरञ्जन अध्ययन, र अनुसन्धान केन्द्रको रूपमा स्थापित भएको छ । पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।