झापा / झापाको अर्जुनधारा नगरपालिका–९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र सञ्चालनमा रहेको छ ।

सामुदायिक स्तरमा नेपालमा कछुवा जोगाउन लागिपरेको यो एकमात्र संरक्षण केन्द्र हो । यहाँ लोपोन्मुख घोषित ठोटरी, तीनधर्के पहाडी कछुवा, थोप्ले पोखरी लगायतका प्रजातिको कछुवालाई संरक्षण गरि सञ्चालनमा रहेको छ ।

झापाको सालबारीे

झापाका सुक्दै गएका सिमसार क्षेत्र बाहिर बासस्थान खोज्दै निस्कने कछुवाहरुलाई उध्दार गरेर त्यही क्षेत्रमा ल्याएर राख्न थालिएपछि यो उद्यान कछुवा पालन केन्द्रका रुपमा समेत विकसित भएको हो ।  उभयचर तथा सरीसृप संरक्षण समाज नेपाल (आर्को नेपाल) को सहकार्यमा कछुवा उद्धार तथा संरक्षण केन्द्रको विधिवत् स्थापना गरिएको हो ।

कछुवाको सम्बन्धि अध्ययन गर्ने , रुचि राख्ने हजारौँ अनुसन्धानकर्ता, विद्यार्थी र पर्यटकहरू यो केन्द्रमा परेको कछुवा उद्योग तथा संरक्षणका प्रमुख तपिल प्रसाद राईले बताउनुभयो । कछुवाको संरक्षणका लागि योजना बनाएर अगाडि बढ्ने समेत उहाले बताउनुभयो । 

यहाँ रहेको ५ शहीदहरूको मुर्ति र कछुवाको संरक्षणका गर्नु पर्ने यहाँ बिध्यार्थी सहित भ्रमण गर्न आएका लाहानको पेरागन पब्लिक बिध्यालयका शिक्षक विनोद कुमार चौधरीले बताउनुभयो।कछुवा झापाको सालबाडी

पार्कमा मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकन समेत गर्न सकिन्छ । जङ्गलभित्र सुन्दर र आकर्षक बाटोको निर्माण, ५ शहीदहरूको मूर्ति, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक काठको पुल रहेको सालबारी आन्तरिक तथा बाह्य पर्यटककोे रोजाइ बन्न थालेको छ ।