उदयपुर । पानीसंग सम्वन्धी विभिन्न सिपहरु सिकाउने उद्धेश्यले नेपालमै पहिलो पटक ग्रिन होराजन प्राइभेट लिमिटेडले तालिमको सुरुवात गरेको छ । सिटिइभीटीबाट सम्वन्ध प्राप्त साहकसिक सिप विकास विद्यालयले पानी जन्य सिप सहित खेलकुदका विभिन्न विद्याहरुलाई समेटेर तालिम सुरुवात गरेको हो ।

कोशी नदीमा पानी जन्य सिप सिकाउने उद्धेश्यले उदयपुरको वेलका नगरपालिका वडा नम्बर ८ मा एक कार्यक्रमको  प्रमुख अतिथी बेलका नगरपालिका प्रमुखअशोक कार्कीले तालिमको उदघाटन गरे । ग्रिन होराजन प्रालिका अध्यक्ष सुरेश बस्नेतको अध्यक्षतामा ६ महिने तालिमको उदघाटन गरियो। तालिमा राफ्टिङ ,क्यानोनिङ लगायतका पानी जन्य सिप तथा साहसिक खेलकुदलाई समेटेर कक्षा सञ्चालन गरिने साहसिक सिप विकास विद्यालयका सञ्चालक सिजन गुरुङले वताए ।

उनले तालिम एक पटकमा ५० जना सहभागी हुने व्यवस्था मिलाइएको समेत जानकारी गराए । पानी जन्य सिप तथा खेलकुदमा दक्षता हासिल गर्न सके विदेशमा समेत राम्रो सम्भावना रहेको समेत सो अवसरमा वताइयो । तालिममा सुनसरी ,उदयपुर लगायतका विभिन्न जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।