इटहरी। नेकपा एमालेका नेताहरूले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राले काेशि  प्रदेश पर्यटन लगायतको क्षेत्रमा विकासको आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा को १५ औं दिन मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभा र कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मी, हर्कपुर, हलेशी, दिक्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्रान्ति बजार, छातेढुङ्गा चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु, च्याङथापु पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

कोशि प्रदेश पूर्व पर्यटन मन्त्रि लक्ष्मण तिवारीले यात्राले काेशि  प्रदेश को विकासमा नयाँ दृष्टिकोण र सोच बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

काेशि  प्रदेशलाइ पर्यटन नजोड्दा समग्र काेशि  प्रदेशको विकास र समृद्धिमा नै प्रभाव पारेको उहाँको भनाई छ ।

काेशि  प्रदेश ले प्राकृतिक साधन र स्रोत उपहारको रूपमा पाएको बताउँदै तिवारीले त्यसको उपयोग गर्न नसकेको स्थिति रहेको बताउनुभयो । त्यसको लागि काेशि  प्रदेश तीनजुरे मिल्के जलजले लाई समेत राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने हो भने कोशि प्रदेशमा विकासको ढोका खुल्ने उहाँले स्पष्ट पार्नुभयो ।

नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा कोशी प्रदेश ईन्चार्ज कमरेड रधुविर महासेट, पोलिटव्युरो सदस्य जुली महातो, केन्द्रिय कमिटी सदस्य राजेन्द्र राई, केन्द्रिय कमिटी सदस्य एवं तेह्रथुम ईन्चार्ज टंक आङ्बुहाङ, प्रतिनिधि सभा सदस्य माननिय एल पि सावा, नेकपा एमाले कोशि प्रदेशका अध्यक्ष घनश्याम खतिवडा कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ, कोशी प्रदेश सचिवालय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग लक्ष्मण तिवारी, कोशी प्रदेश सचिवालय सदस्य मोहन डाँगी, धनकुटा जिल्ला कमिटी अध्यक्ष इन्द्रमणी पराजुली, तेह्रथुम जिल्ला कमिटीको सचिव शिव ढुङगाना, सहित सिङ्गो नेतृत्वले कोशि देशको अवलोकन गरेर त्यहाँको वस्तुस्थिति बुझेको नेकपा एमाले कोशी प्रदेश (प्रचार विभाग प्रमुख) लक्ष्मण तिवारी बताउनुहुन्छ ।

‘एमालेले जुन अभियान सञ्चालन गरेको छ, यसले आफै पनि महत्त्व राख्छ’, उहाँले भन्नुभयो। मध्यपहाडको बसाइसराइको समस्या समाधान गर्न यो यात्राले महत्त्व राख्ने खतिवडाले बताउनुभयो । तराईमा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरेजस्तै मध्यपहाडी पुष्पलाल मार्ग पनि बनाउने हो भने मध्यपहाडको बसाइसराई रोक्न सकिने उहाँको भनाइ छ । 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।