सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा एक सातासम्म लागेको कात्तिके हरिबोधिनी एकादशी मेलाको आय–व्यय सार्वजनिक गरिएको छ । 

मेलामा ८ लाख ३० हजार ५ सय २१ रुपैयाँ आम्दानी भएको छ । वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेका अनुसार पार्किङ शुल्कबाट ३२ हजार ४ सय ५५ रुपैयाँ, बगरस्थित स्टलबाट १ लाख ५२ हजार ५ सय रुपैयाँ र भक्तजनबाट आर्थिक सहयोग ६ लाख ४५ हजार ५ सय ६६ रुपैयाँ सङ्कलन भएको हो ।  

यस्तै विभिन्न शीर्षकमा वराहक्षेत्रस्थित एकादशी मेलाको खर्च ७ लाख ३७ हजार ६ सय ५० रुपैयाँ भएको सार्वजनिक गरिएको छ । साता दिनको मेलाबाट समितिले ९२ हजार ८ सय ७१ रुपैयाँ बचत गरेको छ । एकादशीदेखि पूर्णिमाको भोलिपल्टसम्म अनुमानित ४ लाख भक्तजनले वराह भगवानकाे दर्शन गरेको संरक्षण मञ्चका सचिव घिमिरेले जानकारी दिए ।