सुनसरी / मोरङको पथरीशनिश्चरे नगरपालिका नम्बर -१० स्थित श्री सिरिजंगा स्मृति धार्मिक वन समूहको क्षेत्रमा पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ।

शुक्रबार एक पत्रकार सम्मेलनमार्फत दुई महिनाभित्रमा राष्ट्रिय विभूतिहरूको शालिक, एउटा ठूलो च्याब्रुङ, सिलामसाक्मा जस्ता लिम्बु संस्कृति झल्काउने चिजहरू बनाईने , २ महिना भित्रमा जलाशययुक्त बोटिङ गर्न मिल्ने पोखरी ( झिल) बनाईने, धार्मिक वन समूहको क्षेत्रको वरिपरी तारबार गर्ने, पथरी खोलाको सरसफाई गर्ने  समूहका अध्यक्ष डम्बर चोङ्बाङद्वारा सो जानकारी दिएका हुन्। 

उहाँले सोका लागि  पथरीशनिश्चरे नगरपालिकाको कार्यालय तथा वडा कार्यालयसित समन्वय गरी काम गर्ने जानकारी दिनुभयो । यस अघि उक्त वन क्षेत्रभित्र वर्षेनी चासोक तङ्नामको बेलामा मात्रै धार्मिक गतिविधि तथा मेला लाग्दै आएको थियो।

तर यस पटक देखि नयाँ कार्यसमिति निर्वाचित भएर आएसँगै उक्त क्षेत्रको  आन्तरिक पर्यटनको प्रर्वद्धन र विकासका लागि पर्यटक भित्राएर आम्दानी बढाउने उद्देश्य लिईएको अध्यक्ष चोङ्बाङले बताउनुभयो।IMG-20231104-WA0043

हाल यस वनक्षेत्रमा पिक्निकको खाने र बस्ने टहरा, बीच बिचमा पेबल गरिएका बाटाहरू, लिम्बु जातिहरूको परम्परागत पूजाआजा गरिने थानहरु, हरियाली बोट बिरुवाहरु,७ हेक्टर क्षेत्रफलमा फैलिएको रमणीय ताल ,जस्ता विभिन्न प्राकृतिक सुन्दरता अनुपम रहेको छ।

पूर्व पश्चिम राजमार्गमै जोडिएकोले यातायात सहजता रहेको यो वन समूहको मुल प्रवेशद्वारको रूपमा सिरीजंगा स्मृति धार्मिक वन समूहको कंक्रिट गेट बनाइएको छ।

सोहि क्रममा सो क्षेत्रको प्रचार प्रसारको लागि एक प्रचारप्रसार समिति गठन भएको छ ।  रोशन मादेम्वा लिम्बुको संयोजकत्वमा११ सदस्यीय समिति गठन भएको समूहका सल्लाहकार गोविन्द प्रसाद वनेम लिम्बुले बताए ।