मिलन अधिकारी , संखुवासभा 

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका -९ मा रहेको मनकामना मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्र बनेको छ । 

संखुवासभाको खाँदबारी नगरपालिका -९ को अरुण किनारमा अवस्थित मनकामना मन्दिर परापूर्वक कालबाटै मानवहरुको आस्था विश्वासको केन्द्रका रुपमा रहेको छ । 

संखुवासभाको सदरमुकाम खाँदबारी देखि करिब ११ किलोमिटरको दुरीमा अरुण नदीको किनारमा अवस्थित मनकामना मन्दिर श्रद्धालुहरुको लागि आस्थाको केन्द्र रहेको छ । दैनिक जसो धेरै श्रद्धालुहरु विभिन्न भाकल गर्दै आफ्ना अनेकन समस्या समाधान हुन्छन् भन्ने विश्वासका साथ मनोकांक्षा पुरा होस भन्ने कामना गर्दै  मनकामनाको शरणमा पर्दछन् ।

कतिपय विभिन्न कारणले मनकामनामा पुग्ने गर्छन । श्रद्धालुहरु सबैभन्दा पहिला अरुण नदिमा स्नान गरेर जल बोकेर फर्कदै गर्दा अनेकन विम्वहरु झल्कने एउटा बिशाल ढुङ्गामा पुजा गर्ने गर्छन् । खुला आकाशमुनि रहेको ढुङ्गा जमिनको सतह भन्दा केहि तल रहेकाले त्यहाँ आवात जावत गर्न सहज होस भन्दै कृतिम पोखरी बनाईएको छ । IMG_20231102_105142

अझ अर्को रोचक कुरा त पोखरी छेउमा रहेको ठुलो, अग्लो ढुङ्गा रहेको छ उक्त ढुङ्गालाई सति ढुङ्गा भनेर पनि चिन्ने गरिन्छ ।  मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भन्ने गरिन्छ ।  त्यहिँ रहेका एक पण्डितले ईच्छुक श्रद्धालुलाई बुझ्ने गरि त्यस ढुङ्गामा रहेका विभिन्न आकृतिका बारेमा चर्चा गर्दा श्रद्धालुहरु अलौकिक दृष्यबाट मोहित हुन्छन् । 

यो ढुङ्गा हैन यहाँका मुख्य भगवान नै उहाँ हुनुहुन्छ । भक्तिभावका साथ उहाँको दर्शन गर्ने जो कोहिको मनोकांक्षा पुरा हुनेकुरा  पण्डित मनोज कट्टेलले बताए ।

केहि समय देखि मनकामना मन्दिरको आसपासको क्षेत्रलाई भौतिक संरचना, सडक मर्मत गर्ने काम खादवारी नगरपलिकाले गर्दै आएको छ । मनकामना मन्दिर सम्म पुग्न यातायतको सुविधा सम्पन्न भएको छ भने होटलको पर्याप्त व्यवस्थापन गरिदिने हो भने संखुवासभा कै एउटा धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास हुनसक्छ ।मनकामना मन्दिर संखुवासभा