सुनसरी / चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा एक महिने मिनी महोत्सव २०८० सुरु भएको छ ।

इटहरी फुटवल क्लवको आयोजनामा यही कार्तिक ४ गते देखि आगामी मंसीर ४ गते सम्म सञ्चालन हुने गरी मिनी महोत्सव जारी रहेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको मिनी महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन् ।

विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिदै आएको मेला संचालक कपिल गुरुङले जानकारी दिए । 

उनले सांस्कृतिक कार्यक्रममा केही ख्याति प्राप्त कलाकारहरुले प्रस्तुति दिई सकेको र १२ गते रचना रिमाल ,१३ गते द एलोमेन्ट ब्याण्ड,१४ गते सुरेश लामा ,१५ गते पुष्पन ब्याण्ड,१६ गते सिमरन परियार ,१७ गते नरेन लिम्बु लगायतको प्रस्तुति रहने पनी आयोजकले जानकारी दिए ।  मिनी महोत्सवको आकर्षणका रुपमा दैनिक साँझ सांस्कृति कार्यक्रमहरु रहने समेत जनाइएको छ ।