सुनसरी /मेची–महाकाली यात्राका क्रममा रहेका यात्रीहरुलाई तरहरा साईक्लिङ क्लबले इटहरीमा सम्मान गरेको छ 

पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले काँकडभिट्टाबाट सुरु गरेको मेची–महाकाली यात्राका क्रममा रहेका यात्रीहरुलाई तरहरा साईक्लिङ क्लबले सम्मान गरेको छ ।

हिजो काँकडभिट्टाबाट हिडेको टोली शनिबार राति इटहरी आइपुगेको थियो । आज बिहानै तरहरा साईक्लिङ क्लबका अध्यक्ष शिब रुम्दाली लगायत पदाधिकारीहरुले यात्रीहरुलाई रुद्राक्षको माला र अबिर लगाएर सम्मान गर्दै बिदाइ गरेका थिए । यात्रीहरुलाई इटहरीमा रहेको भाटभटेनी सुपरस्टोर सम्म तरहरा साइक्लिङ क्लबका सदस्यहरुले साथ दिएका थिए । 

टोलीमा मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायी गरि १३ जनाको सहभागिता रहेको छ । टोलिले दश दिनपछि महाकाली पुगेर यात्राको समापन गर्ने कार्यक्रम रहेको  यात्रीले जानकारी दिए ।