सुनसरी / भरतपुर महानगरपालिका–१९  स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । 

प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ । सघन सहरी विकास कार्यालयले रानीपोखरी उद्यान निर्माण र भौतिक संरचना निर्माणका लागि रु चार करोड ५० लाख र पोखरी जाने सडक निर्माणका लागि रु पाँच करोड बिनियोजन गरेको छ । 

सडक निर्माणको काम सम्पन्न भइसकेको छ भने उद्यान र भौतिक संरचना निर्माण तीव्र रुपमा अघि बढाइएको छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउँदै छ ।  महानगरपालिकाभित्रै रहेको रानीपोखरी भ्रमण वर्षका लागि उपयुक्त गन्तव्य बन्ने देखिएको छ ।

रानीपोखरीमा विभिन्न जनावरका मूर्ति निर्माण, पोखरीको बिचमा मन्दिर निर्माण, समाजसेवी र विभिन्न व्यक्तिको ढुङ्गामा कुँदिएको सालिक निर्माण लगायतका काम भइरहेका छन् । योसँगै पोखरीको संरक्षणका लागि तारबार लगाउने काम भइरहेको जनाइएको छ । 

 रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङ् निर्माणको चरणमा रहेको यस ताल पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने बताए । उद्यान निर्माण र भौतिक संरचना निर्माणको काम भइरहेको जनाउँदै उनले भ्रमण वर्षअघि नै काम सक्ने गरी निर्माण कम्पनीसँग कुरा भइरहेको उनले बताए । 

उनका अनुसार मन्दिर निर्माण, तालको आकर्षण्का रुपमा विभिन्न जनावरको मूर्ति निर्माण तथा पेटी निर्माण भइरहेको बताए ।IMG_20231027_215717